शुभकालिकाका ३ वडामा हुर्कदै छन् ओखरका २४०० विरुवा

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा रहेका ३ वटा वडामा दुई हजार,४ सय ओखरका विरुवा हुर्किरहेका छन् । साझेदारी संस्थाको आर्थिक तथा भौतिक सहयोगमा कृषकहरुले ओखर खेती गरिरहेका छन् । परम्परागत रुपमा गदै आएको ओखर खेतीलाई आधुनिक प्रविधिबाट गरिरहेको कृषक कर्णशिला आचार्यले बताईन् । आचार्य मात्रै हैनन् ३ वटा वडामा ३ सहकारी संचालन छन् । ३ सहकारीमा रहेका १ सय ९६ जनाले जग्गा भाडामा लिएर आधुनिक प्रविधिको ओखर खेती गरिरहेका छन् । ३ वर्षमा फल्ने ओखरका विरुवा हाल हुर्किरहेका छन् ।

वरीपरी घेरबार गरी सहकारीका सदस्यहरुले ओखर खेतीलाई गोडमेल गदै आएका छन् । शुभकालिका गाउँपालिका वडा नं ५ मा रहेको खापरदेव कृषि सहकारी संस्थाले ८ सय, वडा नं ६ मा रहेको खोदाईदेव कृषि सहकारी संस्थाले ८ सय र शुभकालिका वडा नं ३ मा रहेको लेकबेशी कृषि सहकारी संस्थाले ८ सय गरी जम्मा २ हजार ,४ सय ओखरका विरुवा रोपिएका थिए ।

टिडिएच विएम जेड जर्मनको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको सहजिकरणमा संचालित शुलभ परियोजनाको सहयोगमा ३ वटा सहकारीलाई ओखरका विरुवा संगै प्राविधिक सहयोग गरेको शुलभ परियोजनाका कृषि प्राविधिक प्रदिप धिताले बताए ।

धितालका अनुसार एउटा शुभकालिका गाउँपालिका वडा नं ६ मा रहेको खोदाईदेव कृषि सहकारी संस्थामा १५ लाख, शुभकालिका ५ मा रहेको खापरदेव कृषि सहकारी संस्थालाई ७ लाख र शुभकालिका वडा नं। ३ मा रहेको लेकबेशी कृषि सहकारी संस्थालाई ८ लाख गरी कुल लागत ३० लाखमा ओखरखेतिको काम थालिएको हो । ३ वर्षमा फल्ने ओखरका विरुवा हुर्कदिै गर्दा किसान हर्षित देखिएका छन् ।

ओखर खेतीबाट भएको कुल आम्दानीको २५ प्रतिशत जग्गाधनीलाई दिने र ७५ प्रतिशत सहकारीमा लगानी गरी समुदाय स्तरमा आर्थिक संकटमा कमि ल्याउने उद्देश्य रहेको हुरेन्डेक नेपाल कालिकोटका सदस्य खडानन्द अधिकारीले बताएका छन् । अधिकारीले शुलभ परियोजनाले ओखर खेती मात्र नभएर कृषकको जिवनस्तर सुधारका लागि विभिन्न किसिमका तरकारी तथा फलफुल खेती सम्बन्धी काम गररहेको बताए ।

शुलभ परियोजनाले गरेको यो कार्यप्रति आभारी रहेको भन्दै आगामी दिनमा कृषि खेति गर्नका लागि आर्थिक तथा भौतिक सहयोगको अपेक्षा गरेको कृषक जौकला शाहीले बताइन् ।

शुभकालिका गाउँपालिका भित्र शुलभ परियोजना लागु भएका क्षेत्रका कृषकहरुले अहिले तकारी बेचेर जिविको पार्जन गरिरहेका छन् भने आफुहरुले दैनिक तरकारी तथा फलफुल उपयोगमा ल्याइरहेको कृषक रतना शाहीले बताईन् ।

पहिला तरकारी तथा फलफुल खान नपाएर तरकारी र फलफुल किन्ने गर्थेउ अहिले आफ्नै बारीमा हुदा हर्षित रहेको उनको भनाई छ । हुरेन्डेक नेपाल कालिकोटका सह–सचिव दानबहादुर विश्वकर्माले पहिलेको तुलनामा अहिले कृषकको जिवनस्तर सुधार भएको बताए । परम्परागत रुपमा गरिने तरकारी तथा फलफुल खेतिलाई विस्तार गदै आधुनिक किसीमको तरकारी खेति कृषकले गरेको देख्दा अन्य कृषकहरुले पनि सिको गर्नुपर्नेमा उनले जोड दिए ।

शुभकालिका गाउँपालिकाका वडा नं ३, ५ र ६ मा शुलभ परियाजनाले युवा क्लव, बाल क्लव, कृषि समुह, सहकारी तथा महिला समुहहरु गठन गरी वातावरण संरक्षणका क्षेत्रमा पनी काम गरिहरको शुलभ परियोजनाका जिल्ला संयोजक गोपालसिंह कार्कीले बताएका छन् ।

शुभकालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष तथा पालिका प्रवक्ता दिपबहादुर शाहीले शुलभ परियोजनाले शुभकालिका गाउँपालिकामा गरेको महत्वपुर्ण कार्यका लागि धन्यवाद दिए । आगामी दिनमा अँझै सहयोगको अपेक्षा गरेको बताउदै पालिकास्तर तथा वडास्तरबाट कृषकहरुका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने बताए । वातावरण संरक्षण अति महत्वपुर्ण रहेकाले सवै सरोकारवालाले यस क्षेत्रमा चासो देखाउनु पर्नेमा वडाध्यक्ष शाहीले जोड दिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया