बझाङमा मत्स्यपालक कृषकसँग अन्तरक्रिया

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा मत्यपालक कृषकहरुसँङ्ग माछापालन तथा भावी योजना तर्जुमा समन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार एक कार्यक्रमका विच भेटेनरी अस्पताल तथा पसुविज्ञ केन्द्र बझाङको सभाहलमा उत्त कार्यक्रम सम्पन् भएको हो ।

सुदुरपस्चिम प्रदेश सरकार भुमि व्यावस्था कृषी तथा सहकारी मन्त्रालय पसुपन्छी तथा मस्य विकास निर्देसनालयको आयोजनामा उत्त कार्यक्रम सम्पन्न भएको हो । उत्त कार्यक्रमको अध्यक्षता भेटेनरी अस्पताल तथा पसुविज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख विनोद कठायत रहेका थिए, भने कार्यक्रमकको प्रमुख अतिथी जिल्ला समन्य समितीका अध्यक्ष नरवहादुर बोहरा थिए । कार्यक्रममा बझाङ जिल्लाका माछापालक किसानहरको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पसुविज्ञ केन्द्रका कार्यालय प्रमुख कठायतले पहिले किसानहरु प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेकोमा अहिले पा्रविधिक ज्ञानका कारण धेरै कृषक माछापालनप्रति आकर्षण भएको देख्दा खुसी लागेको बताए ।

पछिल्लो समय बझाङ जिल्लामा माछा पाउनै मुस्किल भइरहेकाले माछापालन गर्न सके उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको समेत उनले बताए ।

त्यस्तै जिल्ला समन्य समितिका प्रमुख नरवहादुर बोहराले आफुले सुरुमा भुरा मात्र ल्याउने गरेको भएपनि अब कृषकको गुनासो सुझाब अनुसार आगामी बजेटमा केहि बजेट माग गर्ने र कृषकहरुले पनि कुनै पनि व्यबसाय अनुदानमा मात्र नभएर व्यबसायिक तरीकाले लाग्नुपर्ने बताए ।

उत्त कार्यक्रम सञ्चालन मष्टा गाउपालिका पशु सेवा शाखा प्रमुख शँकर कामीले सञ्चालन गरेका थिए, भने कार्यक्रमको सहजिकरण मत्स्य बिकास केन्द्र गेटाका मत्स्य बिकास अधिकृत निर्मल खातीले गरेकी थिइन् ।

प्रतिक्रिया