मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति मनहरी गाउँपालिका स्थित वडा नम्बर ३ कालिदमार भएको दुर्घटनामा तीन जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी-३ हाँडिखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय बिरमान रुम्बा र मनहरी-४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

कालिदमार स्थित भित्रि सडकखण्डमा मिलडाँडाबाट हाँडिखोला तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुईजनाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया