काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् ।
विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । गिरीले नेकपा (एमाले) का ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसलगायतले विपक्षमा मतदान गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए ।
माओवादीसहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए । यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो ।
सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी छ ।
प्रतिक्रिया