रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाको केन्द्र राडी बजारदेखि करिव ४ किलोमिटर दूरीको खोला किनारामा एउटा घर छ, निकैजीर्ण । एउटा जस्ताको पाता र एउटा कोठा मात्रै । न वाल छ, न त गतिलो छाना नै । झट्ट हेर्दा गाइबस्तुलाई ओत लाग्न बनाइएको गोठजस्तो देखिने यो हो, बिजुलीको घर । आठबिसकोट नगरपालिका–७ स्थित ज्यामिरे टोलमा सञ्चालित ‘खारखारा खोला लघुजलविद्युत आयोजना’ अहिले जिर्ण अवस्थामा पुगेको छ । पालिकाको वडा नम्वर–७, ९ र १० का करिब पाँच हजार घरधुरी लावान्भित भइरहेको लघुजलबिद्युतको घर जिर्ण बन्दै गएको हो ।
बैकल्पिक उर्जा को ३० प्रतिशत अनुदान सहयोगमा करीब पाँच वर्ष अघिदेखि सञ्चालन हुँदै आएको थियो यो । वर्षातको समयमा पहिरोको कारणले विद्युतगृहमा आउँने पानीको पाइप र जिर्ण घर माथि बारम्बार क्षति पुग्दा नियमित विद्युतप्रशारणमा अवरोध हुँदा दिनहुँ अन्धकारकोे समस्या झेल्नु परेको उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर बटालाले सुनाए ।
आर्थिक अभावले गर्दा हालसम्म पनि मुहान व्यवस्थापन, कुलो, खम्बा, तार, पाइप, मेशिन रिपेयर तथा विद्युतगृह व्यवस्थित हुन नसक्दा निरन्तर बत्ति बाल्न नसकिएको गुनासो पोख्दै उनले भने, ‘यस कामका लागि दैनिक खटाइएका दुई जना कर्मचारीलाई मासिक पारिश्रमिक समेत उपलब्ध गराउँन कठिन भएको छ ।’
प्रत्येक घरधुरीले एक सय ५० रुपैयाँ मासिक महसुल बुझाउदै आएको उपभोक्ता आजभोलि बत्ति बाल्न, टेलिभिजन हेर्न, मिल चलाउनबाट वञ्चित भएकाछन् । स्थानीले मोबाइल चार्जगर्न समेत आधा घण्टाको बाटो हिडेर छिमेकी टोलमा पुग्ने गरेका छन् । ४४ किलोवाट क्षमताको खारखारा खोला लघुजलविद्युतबाट बटालागाउँ, औलिगाउँ, खारखारा, सना, औल, बुगेरी, भौरित, ठरचौर र कोटका गाउँ लावान्भित हुदैँआएका छन् । औलमा रहेको ट्रान्समिटर जल्दा हप्ता दिनदेखि दुई वडाका लाभग्राही अन्धकारमा बस्न बाध्य छन ।
लघुजलविद्युतत योजनाबाट उत्पादित ४४ किलोवाट क्षमताले कुटानी पिसानी तथा तेल पेल्ने मिल समेत सञ्चालन गर्दै आएको र विद्युतको लागि ल्याइएको कुलो स्थानीय कृषकले सिंचाईमा प्रयोग गर्दै आएको भएता पनि पहिरोले पटक पटक क्षतिले पुर्याँउदा किसान निरास बनेका छन् । यहाको बिद्युतगृह निर्माणमा कसैको ध्यान गएको छैन । वर्षातमा पानी छिरेर हिलाम्मे र हिउँदमा चर्को घाममा बस्न बाध्य छन् यहाँका कर्मचारी ।
अहिलेसम्म यस टोलमा केन्द्रिय प्रसारणको लाइन विस्तार हुन सकेको छैन । स्थानीय विद्युत उत्पादन भरपर्दो नहुँदा मारमा परेको स्थानीयको गुनासो छ । सुरुमा टुकी–बत्तीको धमिलो उज्यालोमा रात गुजारिरहेकाहरु त्यो झलमल्ल ज्योतिपुञ्ज देखेर चकित भएका थिए । तर, बिद्युत भरपर्दो नहुँदा फेरी पनि स्थानीय त्यहि टुकि र बत्तीको भरमा दिन बिताउन बाध्य भएका छन् ।
नेपालमा उत्पादन भएको बिद्युत बाह्य देशमा बेच्नेसम्मका बिषयको बहस चलिरहँदा नेपालका सबै नागरिकको घरमा बिद्युत पुग्न सकेको छैन । सबै नागरिकको घरघरमा बिद्युत पु¥याउने नेताहरुका आश्वासन अँझै पुरा भएका छैनन् । एउटा उदाहरण हो, रुकुम पश्चिम यहाँको केन्द्रीय लाइन समेत पानी पर्दा, हावा लाग्दा पनि लोडसेडिङ हुन्छ । जिल्लाको बिकट स्थानियतहका रुपमा चिनिने आठबिसकोट नगरपालिकामा भरपर्दो बिद्युत नहुँदा दैनिकि चलाउनदेखि सञ्चार सेवा समेत अवरुद्ध हुँदै आएको छ ।
बिद्युत नभएकै कारण फोन गर्न पनि घाम कुर्नुपर्ने बाध्यता छ यहाँका नागरिकलाई । सोलारबाटै सञ्चालित आठबिसकोट–११ रातामाटामारहेको नेपाल टेलिकमको टावरले पनि घाम लागेपछि मात्रै काम गर्छ । घाम नपरेको दिन नेटवर्कले काम नगर्दा सबैभन्दा बढी समस्यायहाँका नागरिकलाई पर्छ । कुटानी, पिसानीदेखि अन्य दैनिकि चलाउन पनि बिद्युत अभावले उत्तिकै समस्या छ । पालिकाको केहि स्थानमा केन्द्रीय प्रसारणलाइन जडान भए पनि भरपर्दो छैन । सोलारबाट चल्ने टावरमा गतिला ब्याट्री छैनन् । घाम छदासम्म मात्रै मोबाइलको नेटवर्कले काम गर्छ । घामसँगै नेटवर्क पनि अस्ताउँछ र फोनले काम गर्देन् ।
उज्यालो रुकुम बनाउने लक्ष्यसाथ सुरु गरिएको ‘रुकुम उज्यालो’ कार्यक्रम सुरु भएको वर्षौँ वितिसक्दा पनि रुकुम अझै अध्यारो छ । रुकुम पश्चिमका गाउँगाउँमा बनेका लघु जलविद्युत् आयोजनाले सबैतिर उज्यालो प्रदान गरिरहेका बेला केन्द्रीय प्रसारणलाइन जडित जिल्लाको सदरमुकाम मुसिकोट र मुख्य बजारका बासिन्दा भने घण्टौं लोडसेडिङको मार खेपिरहेका छन् ।
उज्यालो रुकुम भनेर प्रचारप्रसार गरे अनुसारको रुकुममा बिद्युत छैन । केन्द्रीय प्रसारणलाइनमा समेत झ्याप झ्याप बत्ती जाँदा स्थानीयले हैरानी खेप्नु परेको छ । जिल्लामा दैनिक जसो बत्ती आउने जाने गरेको गुनासो सामान्य भएको छ । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरणले भने खासै चासो दिएको पाइदैँन ।
रुकुम पश्चिम
प्रतिक्रिया