काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुलाई आफूले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।
छात्रवृत्तिसँग सम्बन्धित सम्पूर्ण जानकारी विद्यालयको वेबसाइट तथा सूचनापाटीमा टाँस गरी अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन पनि उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् ।
नियमको पालना गर्न/गराउन सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालालाई अनुरोध गर्दै उनले नियम संगत छात्रवृत्ति उपलब्ध नगराएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
उनले काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४, ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बताएका छन् । जसअन्तर्गत प्रत्येक कक्षामा प्रथम, द्वितीय हुने, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परवारका विद्यार्थी पर्छन् ।
प्रतिक्रिया