राष्ट्रिय अभिभावक संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघको छैठौं राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष एवम नेपाल सरकारका पूर्व सचिव शिक्षाविद् डा महाश्रम शर्माको विशेष उपस्थितिमा यही बैशाख २ गते सम्पन्न अधिवेशनबाट कोषबहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा सुन्दरवावु श्रेष्ठ चयन भएका छन्, भने सातवटा उपाध्यक्षहरुमा सरोज सिंह, चक्रबहादुर बुढा, सुरेन्द्र प्रसाद कानु, सुभद्रा कोइराला, श्याम शर्मा भुसाल, पूर्णचन्द्र पाण्डे र दिनेश जोशी चयन भएका छन् ।

त्यस्तै, महासचिवमा होमकुमारी दोङ तामाङ, उपमहासचिवमा निर्माण न्यौपाने र हरिभक्त मर्हजन चयन भएका छन् ।

संघको सचिवमा पाँच जना चयन भउका छन् । जसमा डम्मबर सिंह कडायत, रामप्रसाद रेग्मी, धनबहादुर श्रेष्ठ, शुसिला खड्का र जानुका गिरी चयन भएका छन् । त्यस्तै ,संघको कोषध्यक्षमा इनिदरा खाती र सह–कोषध्यक्षमा राजु हमाल चयन भएका छन् । अधिवेशनबाट ३५ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया