फुटबलमा खुल्ला पुरुषतर्फको उपाधी कट्टाडाँगी स्पोर्टिङ क्लव झापालाई

पाँचथर । फाल्गुनन्द गाउँपालिका– १ नवमिडाडामा भएको फुटबलमा खुल्ला पुरुषतर्फ कट्टाडाँगी स्पोर्टिङ क्लब झापाले जित हात पारेको छ ।

नयाँ वर्षमा आयोजित नकआउट खुल्ला फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधी कट्टाडाँगी स्पोर्टिङ क्लव झापाले हात पारेको हो । साेमबार भएको फाइनल खेलमा प्रतिस्पर्धी नेपाल पुलिस क्लव पाँचथरलाई २–० ले पराजित गर्दै कट्टाडाँगी झापाले उपाधी हात पारेको छ ।

त्यसैगरी महिला तर्फको प्रतियोगिताको उपाधी न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागुले जितेको आयोजकले जनाएको छ । सोही समयमा भएको फाइनल खेलमा चोलुङ क्लव याङनामलाई २–१ ले हराउँदै चोकमागुले उपाधी हात पारेको हो ।

पुरुष फुटबल प्रतियोगिताको विजेता कट्टाडाँगी झापाले १ लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको नेपाल पुलिस क्लव पाँचथरले ७० हजार रुपैयाँ नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त ।

त्यसैगरी महिलातर्फको फुटबल प्रतियोगिताको विजेता न्यू पाथीभरा स्पोर्टिङ क्लव चोकमागुले ३५ हजार रुपैयाँ र उपविजेता याङनामले २० हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बे, जिल्ला समन्मय समिति पाँचथरका सभापति रामराज आङ्देम्बे, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिंह नेम्वाङ, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ लगायतले पुरस्कार तथा प्रमााणपत्र वितरण गरे ।

कार्यक्रम आयोजक तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता २०७९ चैत्र २९ गतेबाट सुरु भएको पुरुष फुटबल प्रतियोगितामा पाँचथर जिल्ला र जिल्ला बाहिरका प्रतिष्ठित क्लवका ८ ओटा टिम र महिला फुटबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया