गौमुखी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना, स्थानीय खुसी

प्युठान । उत्तरी प्युठानको गौमुखी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापनासँगै स्थानीय जनतालाई सहजता हुने भएको छ । गौमुखी गाउँपालिका–५, ठुलाबेशीमा आँखा उपचार केन्द्रको स्थापना भएपछि आँखाका बिरामीलाई उपचारमा सहजता हुने भएको हो ।

पछिल्लो समय आँखाका बिरामीलाई स्थानीय तहसम्म पहुँच स्थापित गर्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको गाउँ पालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिए ।

सोमबार एक कार्यक्रमको आयोजना गरि गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले केन्द्रको उद्घाटन गर्दै स्थानीय तहमा स्थापन गरिएको आँखा उपचार केन्द्रले ग्रामीण भेगका आँखाका रोगिहरुलाई फाइदा हुने विश्वास व्यक्त गरे ।

उनले गाउँमा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमूना आँखा उपचार केन्द्र बनाउनका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरीकनको नैसर्गिक अधिकार शिक्षा स्वास्थ्य रोजगारलाई जनताले अनुभुती गर्ने गरि काम गर्ने गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताए । गाउँमै आँखा उपचार केन्द्रको स्थापना भएपछि स्थानीय खुशी भएका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया