अब विकास निर्माणका काम देखिने गरि हुन्छन् : मन्त्री ज्वाला

बाँके । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माणका साना, टुक्ररे आयोजना भन्दा पनि ठूला दुरगामी प्रभाव पार्ने रणनीतिक योजना, अलपत्र योजनामा केन्द्रित भए परिणाम देखिने गरेर काम गर्न लागेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी बाँकेले शुधबार आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बेधन गर्दै ज्वालाले भने, ‘मत हिजोपनि विद्रोह गरेर मन्त्री छोडेको मान्छे मन्त्री हुनु ठूलो कुरा होइन, अब विकास निर्माणका आयोजनामा देखिने गरि काम हुन्छन् ।’

उनले यातायात कार्यलयमा लाइसेन्सको लाइन चार–पाँच महिना पछि नदेखिने गरि काम हुने व्यवस्था गरिन लागेको बताए । सोही कार्यक्रममा बाँके ,बर्दियाका सडक, पुल, विकास निर्माण आयोजनाका अवस्थाबारे केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले मन्त्रीलाई जानकारी गराएका थिए ।

समाजवादी बाँके अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, बाँके बर्दियाका लुम्बिनी प्रदेश सदस्यहरु र जिल्ला कमिटी सदस्य तथा नगरपालिका अध्यक्ष, सचिवहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया