काठमाडौं । आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहने भएको छ ।
लामिछानेको उम्मेदवारीविरुद्ध परेका चार उजुरीमध्ये तीन वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दावी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम रहने भएको छ ।
लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी दिएका युवराज पौडेल (सफल)को उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाईको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए ।
लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थियो ।
प्रतिक्रिया