मोबाईल नेटवर्कको समस्या समाधान गर्न सांसद पाण्डेको आग्रह

धादिङ । प्रतिनिधीसभा सदस्य तथा पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङका विभिन्न स्थानहरुमा मोवाईल नेटवर्कहरुमा समस्या आएको भन्दै समस्या समाधानका लागी सञ्चारमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

मंगलबार सिंहदरवारस्थीत सूचना तथा सञ्चार मन्त्रालयमा पुगी मोवाईल नेटवर्कहरुमा आएको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

गत लामो समयदेखि धादिङको सिद्धलेक ४, बेनिघाट रोराङ गाँउपालिका १ र धुनिवेशी नगरपालिका– ७ का विभिन्न स्थानहरुमा मोबाईलको नेटवर्कमा समस्या देखाउने, कतिपय ठाँउमा नेटवर्क नै नटिप्ने र टिपे पनि मोबाईलमा स्पष्ट आवाज नआउने गरेको भन्दै स्थानीयहरुले गुनासो गरेका थिए ।

सोही गुनासोलाई मध्येनजर गर्दै पाण्डेले सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई मन्त्रालयमा भेटी तुरुन्त समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया