इलाम । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले युवाहरुलाई लोक सेवा र शिक्षक सेवा पढाउन सुरु गरेको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगले लिने परीक्षामा सक्षम बनाउने उदेश्यले सूर्योदयले निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
नगरपालिकाभित्र स्थायी बसोबास भएका युवाहरुलाई लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन निःशुल्क विहीबारदेखि तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
निजामति सेवा र शिक्षण सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका युवाहरुलाई लक्षित गरी निःशुल्क तयारी कक्षा थालिकएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।
दुई महिनासम्म सञ्चालन हुने लोकसेवा र शिक्षकसेवा तयारी कक्षामा ८० भन्दा धेरै युवाहरू सहभागी भएको नगरप्रमुख राईले जानकारी दिए । कार्यक्रमका लागि सूर्योदय नगरपालिका नगर युवा परिषदले चालू आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रमअन्तर्गत युवाहरुका लागि बजेट विनियोजन गरको गरेको थियो ।
सूर्योदय नगरपालिकाले विगतदेखि नै शिक्षक सेवा आयोगमा परीक्षार्थीहरू हुन चाहने युवाहरूलाई लक्षित गरी तयारी कक्षा संचालन गर्दै आएको छ । गतवर्ष पनि सूर्योदय नगरपालिकाले शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको थियो । सो कक्षाबाट नगरभित्रका ५० भन्दा बढी प्राथमिक तहका शिक्षकहरू शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भई स्याथी नियुक्तिको प्रक्रियामा छन् ।
अघिल्लो पटक सञ्चालन गरेको शिक्षक सेवा आयोग तयारी कक्षा एकदमै प्रभावकारी भएकाले यस्तो कार्यक्रम निरन्तर सञ्चालन गरिने नगरप्रमुख राईले जानकारी दिए । ‘यसअघि हामील सञ्चालन गरेको शिक्षक सेवा आयोग तयारी कक्षा एकदमै प्रभावकारी भएको पायौं । त्यो कक्षाबाट नगरभित्रका ५० बढी प्राथमिक ताहका शिक्षकले आयोगबाट नाम निकाल्न सफल भए’ नगरप्रमुख राईले भने, ‘राम्रो कार्यक्रमलाई निरन्तरता दिएका हौं । यसवर्ष पनि केही न केही संख्यामा शिक्षक र निजामति सेवामा संलग्न गराउने हाम्रो लक्ष्य छ ।’
यस्तै नगरपालिकाले निशुल्क कम्प्युटर तालिम समेत सुरु गरेको छ । कम्प्युटर सिक्न ईच्छुक युवाहरूले आफूलाई अनुकूल हुने ठाउबाट तालिम लिने व्यवस्था नगरले मिलाएको छ । कम्प्युट तालिममा तिन सय बढी युवाहरु सहभागी छन् ।
इलाम
प्रतिक्रिया