यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन, दोस्रो वरीयातामा खड्का

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् सातौँपटक पुनर्गठन भएको छ । तर, अझै पूर्णता पाउन सकेको छैन ।

आज कांग्रेसका चार, नेकपा (एकीकृत समाजवादी)का दुई, जनता समाजवादी पार्टी (जसपा)का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, नागरिक उन्मुक्तिका एक, माओवादी केन्द्रका एक र नेपाल समाजवादी पार्टीका एक गरी ११ जना मन्त्रिपरिषद्मा थपिएका हुन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा दोस्रो वरीयातासहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

प्रतिक्रिया