उद्योग मन्त्रालय नपाएपछि जनमतले छाड्याे सरकार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकार छाडेको छ ।

जनमतबाट एक मात्रै मन्त्री रहेका अब्दुल खानले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

खानले खानेपानी मन्त्रालय सम्हाल्दै आएका थिए । पहिले पनि उद्योग मन्त्रालय नपाउँदा मन्त्रालय जान आनाकानी गरेका थिए । तर, पछि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

जनमतका प्रवक्ता हरेन्द्र चौधरीले गठबन्धमा आफूहरूले दिने भनेको मन्त्रालय नपाएपछि सरकार छाडेको बताए ।

प्रतिक्रिया