भीम रावलले गल्ती स्वीकार गरेर आत्मालाेचना गर्नुपर्छ : विष्णु पौडेल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीको साधारण सदस्यको पनि भूमिका निर्वाह नगरेको बताएका छन् । प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले नेकपा एमाले मै छु भन्ने तर काम भने साधारण सदस्यको सम्म पनि नगरेको उनले बताए ।

‘भीम रावलजीले पार्टीको अनुशासन उल्लङ्घन गर्दै एकपछि अर्को गल्ती गर्दै जानुभएको छ’, उनले भने, ‘उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’

भीम रावलले आफ्ना गल्तीहरू स्वीकार गरेर आत्मालाेचना गर्नुपर्ने पाैडेलले बताए । रावलले विगतमा पार्टीमा बसेर नेतृत्वदायी भूमिका खेलिसकेको बताउँदै पाैडेलले अब पनि यदि काम गर्न चाहनुहुन्छ भने आफ्नो गल्तीलाई स्वीकार गरेर फेरि मिलेर अघि बढ्न सकिने बताए । यदि पार्टीको विधि नीति, निर्णयलाई नमान्ने हो भने पार्टीले पनि उचित निर्णय दिएर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया