सत्ता गठबन्धनमा जुट्यो सहमति, भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । आज बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले भागबण्डाको टुंगो लगाएको छ । उक्त बैठकले बिहीबार (भोलि) मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति भएको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘भोलि बेलुका शपथ हुने जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन्, ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या टुंगो लाग्यो ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनले बताए । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रतिक्रिया