एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

‘मन्त्रालयको टुंगो लागिसकेको छैन, अहिले बस्ने गठबन्धन बैठकले मन्त्रालयबारे टुंगो लगाउला । पार्टीबाट म र प्रकाशजी जाने कुरा भएको छ,’ भुसालले भने । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने यकिन भइसकेको छैन ।

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ । सत्तारुढ गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रतिक्रिया