गायक निमाको दुई गीत ‘न म आकाशको जुन’ र ‘मेरो जिन्दगीको यात्रा’

काठमाडौं । गायक निमा शेर्पाको आवाजमा दुई गीत ‘न म आकाशको जुन हुँ’ र ‘मेरो जिन्दगीको यात्रा’ बोलको गीत बजारमा आएको छ ।

गायक रामकृष्ण ढकालसँग मिल्दो जुल्दो आवाज भएका गायक निमाले केही दिनअघि आफ्नै युट्युब च्यानलमार्फत दुवै गीत सार्वजनिक गरेका हुन् । ‘न म आकाशको जुन हुँ’ बोलको गीतमा निमाको आवाजसँगै दिपतेन्द्र भावहिनका शब्द रहेको छ भने सुरेन चन्दको संगीत रहेको छ ।

त्यसैगरी ‘मेरो जिन्दगीको यात्रा’ बोलको गीतमा पनि उनको आवाज रहेको छ भने शब्द रचना र संगीत सिएल शर्माको रहेको छ । ‘मेरो जिन्दगीको यात्रा’लाई टिकटकरहरुले निकै रुचाएको गायक निमाले जिकिर गरे ।

उक्त गीतलाई धेरैले टिकटक बनाएको गायक निमाको भनाई छ । नेपालको मिनी स्विजरल्याण्ड दोलखा जिरीका गायक निमाले आफू सानैदेखि गायक रामकृष्ण ढकालको फ्यान रहेको सुनाउँदै उनकै गीत गुनगुनाउँदै गायक बनेको बताए ।

‘म समनैदेखि रामकृष्ण दाईको फ्यान थिएँ, उहाँकै धेरै गीत गुनगुनाउँदै यो स्थानमा आएको हुँ’, निमाले भने, ‘धेरैले रामकृष्ण दाईको आवाजसँग मेरो आवाज पनि मिल्न जाने प्रतिक्रियाा दिनुहुन्छ ।’

‘न म आकाशको जुन’ भिडियाे तल

‘मेरो जिन्दगीको यात्रा’ भिडियाे तल

प्रतिक्रिया