झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया

प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ सञ्चालनमा रहेका सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाभित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले–नचलेको संस्थालाई थप प्रभावकारी बनाउन भावी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

समुदायमा रहेको पुँजिलाई केन्द्रीकृत गरिी जनताको न्यूनतम आवश्यकता परिपुर्ति गर्न निकै सहयोग पुग्ने भएकोले सहकारीलाई उत्पादनमा जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए ।

‘गाउँपालिकामा रहेका सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबैको सहकार्य आवश्यक पर्छ’, अध्यक्ष महतरा क्षेत्रीले भने । सहकारीमार्फत स्थानीय जनतालाई समृद्धिसँग जोडेर लैजानु पर्ने भएकोले सबै सहकारीकर्मीहरु लाग्नुपर्ने उनले बताए ।

सहकारीलाई थप प्रभावकारी बनाउन गाउँ सरकारले कुनै कसर बाँकी नराखेर अगाडि बढ्ने अध्यक्ष क्षेत्रीले बताए । झिमरुक गाउँपालिकामा ३२ वटा सहकारी संस्था दर्ता भइ सञ्चालमा रहेको सहकारी शाखा प्रमुख अरबिन्द महतले जानकारी दिए ।

महतका अनुसार बचत तथा ऋण सहकारी १३ वटा, कृषि सहकारी ११ वटा, उपभोक्त सहकारी ३ वटा, बहुउद्देश्यीय सहकारी ३ वटा संस्था गरि ३० वटा सहकारी संस्था क्रियाशील रहेका छन् । प्रदेशमा कार्यक्षेत्र भएर झिमरुक गाउँपालिकामा २ वटा सहकारी संस्था सञ्चालनमा रहेको उनले बताए ।

गाउँपाइकामा क्रियाशिल २४ वटा सहकारी संस्थाका अध्यक्ष सचीव र व्यवस्थापकहरुले आफ्नो सहकारी संस्थाको हालको अवस्था सदस्य संख्या लागानी र बचत अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

कृषकले उत्पादन गरेको कृषि उपजले मूल्य नपाउने अवस्था रहेकोले पालिकाले कृषी सहकारीमर्फत बजारीकरणमा सहयोग आवश्यक रहेको सहकारी संस्थाहरुको जोड दिएका थिए ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउँदै दक्ष र सीपयुक्त बनाउन गाउँपालिकाले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बताए ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरिप्रसाद पोख्रेल, आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष, सचीव र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन यमलाल पोख्रेलले गरेका थिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया