एमालेले घचेटीराखे नयाँ पाइला चाल्न पनि सक्छु : भीम रावल

धनगढी । नेकपा एमालेका नेता भीमबहादुर रावलले एमालेले घचेटीराखे नयाँ पाइला चाल्न सक्ने बताएका छन् । तत्काल पार्टी छोड्ने मनस्थितिमा नरहेको र पार्टीले घचेटीराखे नयाँ पाइला चाल्न सक्ने उनले बताए ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको ‘पार्टीभित्र कहिलेसम्म भूमिकाविहिन रहनुहुन्छ ?’ भन्ने प्रश्नमा आफू अहिलेसम्म नेकपा एमालेको सदस्य रहेको बताउँदै नेता रावलले भने, ‘तैँले नेकपा एमालेको सदस्य पनि बन्न पाउँदैनस्, किन भने राष्ट्रियता,देशको सीमा,बाह्य ठूला राष्ट्रको हस्तक्षेप,पार्टीमा विधि र पद्धतिको कुरा गर्छस, तैले पार्टीमा बस्न पाउँदैनस् भनेर घचेटेको घचेटेइ गर्यो भने त्यतिबेला एमालेका इमान्दार कार्यकर्ता जनतालाई सोध्छु,अव म यही घचेटी मात्रै मागौँ की,नघचेटिएर जिउ चलाउ के गरौँ भनेर सोध्ने छु,त्यतिबेला किन घचेटी माग्ने उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

‘अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने मेरो बानी परेको छ’, उनले भने ‘त्यो अन्तिम बिन्दु कुन हुनेछ त्यो म अहिले भन्न सक्दैन ।’ आफूले निर्वाचनमा एमालेका उम्मेदवार हराएको भन्ने कुरा पनि निराधार भएको बताए ।

उनले भने, ‘मलाई त निर्वाचनमा जान पनि प्रतिबन्ध लगाइएको थियो चुनाव प्रचारप्रसारका बेला काठमाडौं थिएँ, २ गते मंसिरमा अछाम पुगेको हुँ, त्यो बेला प्रचार प्रसार बन्द थियो,४ गते मतदान गरेर ५ गते फर्किइहालेँ ।’

रावले भने, ‘मैले पाइला टेक्ना साथ हारे, मेरो नामले नै देशभरी चुनाव हारे भन्नु गलत हो ।’ उनले चुनाव हराउने कुनै नियत नभएको पनि बताए ।

प्रतिक्रिया