११ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरब्याज पीडित

काठमाडाैं । मधेशका मिटरब्याज पीडितहरू संघर्षका लागि काठमाडौं आइपुगेका छन् । महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर उनीहरू आइतबार ११ औँ दिन काठमाडौंको मातातिर्थ आइपुगेका छन् ।

पीडित महिला, पुरुषहरूले २ चैतमा बर्दिवासबाट पैदल यात्रा सुरु गरेका थिए । महिलाहरू काखमा बच्च च्यापेर काठमाडौं आइपुगेका छन् । बर्दिबासबाट सुरु भएको पैदलयात्रा सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रनिगाहपुर, बाराको पथलैया, मकवानपुरको हेटौँडा हुँदै काठमाडौं आइपुगेको हो ।

प्रतिक्रिया