लोकदोहोरी अवार्ड प्रदान

काठमाडौं । दोस्रो ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड’ बाट विभिन्न कलाकारलाई प्रोत्साहन गरिएको छ । मंगलबार विशाल मुभिजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ३१ विधामा कलाकारलाई अवार्ड प्रदान गरिएको हो । पूर्वकृषिमन्त्री तथा संघीय सासंद छविलाल विश्वकर्माले उनीहरुलाई सम्मान गर्दै कला र संस्कृतिको विकासविना राज्य बलियो बन्न नसक्ने बताए ।

अवार्ड प्रदान कार्यक्रममा विशाल मुभिज दशक लोकगायक सम्मानबाट खुमन अधिकारी, लोकगायिका सम्मानबाट कालिका रोकामगर, लोक पत्रकारिता सम्मानबाट राजकुमार रायमाझी, पत्रकार कल्पना रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, विशाल मुभिज लोक वाद्यवादन सम्मानबाट बाँसुरीवादक रत्नबहादुर विश्वकर्मा र आइटी सम्मानबाट राजेन्द्र अर्याललाई सम्मानित गरिएको आयोजक समितिका अध्यक्ष हुम गैह्रेले जानकारी दिए । उक्त कार्यक्रममा विशाल मुभिजको आगामी कार्यक्रम ‘विशाल लुम्बिनी लोक आइडल २०८०’ को घोषणासमेत गरियो । कार्यक्रमका संयोजक धिरज खत्रीका अनुसार अवार्ड कार्यक्रमको सात सदस्यीय निर्णायकको ५० प्रतिशत, अनलाइन भोटिङको ४० प्रतिशत र आयोजक समितिको १० प्रतिशत निर्णयको आधारमा ३१ विधाका करिब ५१ जना कलाकार वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित गरियो ।

विधागत अवार्डका साथै जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, पपुलर अवार्ड र इन्करेजमेन्ट अवार्डलगायतका विधाबाट पनि केही कलाकार सम्मानित भएको आयोजक समितिका निर्णायक गायक इन्द्र जिसीले बताए । कार्यक्रममा सर्वोत्कृष्ट एकल लोकगीतबाट गायिका शकुन्तला गैरे, सर्वोत्कृष्ट मौलिक गीतबाट गायक प्रसाद खप्तरी मगर, गायिका दिलु सलामी मगर, नवगायक शिव खनाल, नवगायिका बसन्ती थापामगर, सर्वोत्कृष्ट गायकबाट विक्रम परियार, नवगायक रमित मास्की राना, सर्वोत्कृष्ट गायिकाबाट जानकी तारामी मगर, नवगायिका पूजा पुरी, सर्वोत्कृष्ट काठे गायकबाट दिनेश भण्डारी, सर्वोत्कृष्ट पर्वगीतबाट गायक प्रेम विवश घर्ती, सर्वोत्कृष्ट पर्वगीतबाट गायिका कमला बिसी, सर्वोत्कृष्ट देउडा गायकबाट खगेन्द्र विश्वकर्मा, सर्वोत्कृष्ट भाषाभाषी गीतबाट गायिका निरुता खत्री, सर्वोत्कृष्ट भाकाबाट गायिका जमुना राना, सर्वोत्कृष्ट भाकाबाट नवगायक सञ्जय पाल्पाली, सर्वोत्कृष्ट शब्दबाट विक्रमबाबु विश्वकर्मा, सर्वोत्कृष्ट नवशब्द रामप्रसाद बस्याल, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषबाट अनिल पौडेल, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिलाबाट सन्ध्या सानु, सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल पुरुष अनन्त भण्डारी, नवमोडल पुरुष नरेश एमसी र नवमोडल महिलाबाट सिर्जना मगर अवार्ड प्राप्त गरे । त्यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकबाट मिलन श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो नवनिर्देशक नवराज भट्टराई, सर्वोत्कृष्ट दोहोरीसाँझ गायिका मधु रसाइली, सर्वोत्कृष्ट लाइभ दोहोरी गायक छत्र शाही, सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका आरती रुचाल, सर्वोत्कृष्ट संगीत संयोजक सुनिल परियार, सर्वोत्कृष्ट ध्वनिमिश्रण मानबहादुर बराल, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत तारापति सुवेदी, सर्वोत्कृष्ट एकल लोकगीत (पब्लिक च्वाइस्) बाट गायक रामचन्द्र चन्द, सर्वोत्कृष्ट एकल लोकगीतमा (जुरी) बाट गायक डोलराज परियार, सर्वोत्कृष्ट मौलिक गीतमै (जुरी) बाटै गायक युवराज छन्त्याल, सर्वोत्कृष्ट मौलिक गीत गायक (पब्लिक च्वाइस्) बाट नवराज अधिकारी, सर्वोत्कृष्ट मौलिक गीत गायिका (पपुलर) बन्दना पाण्डे, सर्वोत्कृष्ट मौलिक गीत नवगायक (जुरी) बाट हरि खत्री, सर्वोत्कृष्ट मौलिक गीत नवगायिका (पपुलर) बाट कमला पोखरेल, सर्वोत्कृष्ट मौलिक गीत नवगायिका (जुरी) लालुमाया कुवँर, सर्वोत्कृष्ट मौलिक गीत नवगायिका (नवप्रतिभा) बाट रचना रानामगर, सर्वोत्कृष्ट काठेगायक (जुरी) नमराज ढुंगाना, सर्वोत्कृष्ट पर्वगीत (पब्लिक च्वाइस्) बाट गायक हेमराज डाँगी, सर्वोत्कृष्ट पर्वगीत (जुरी अवार्ड) गायक कृष्ण गैह्रे, सर्वोत्कृष्ट पर्वगीत (नवप्रतिभा) बाट गायक राजु अधिकारी, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला (पब्लिक च्वाइस) अनु पराजुली, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला (जुरी) बाट रमा ठकुरी, सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल पुरुष (जुरी) बाट नवराज अधिकारी, सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका (पपुलर) बाट काजल जोशी शाही, सर्वोत्कृष्ट संगीत संयोजक (जुरी) बाट डोलराज बाह्रघरे, सर्वोत्कृष्ट गायिका (पब्लिक च्वाइस) बाट सपना रोका र सर्वोत्कृष्ट नवगायिका (जुरी) बाट विमला परियारले अवार्ड प्राप्त गरेको आयोजक समितिका अध्यक्ष हुम गैह्रेले जानकारी दिए ।

कलाकारले नेपाली गीत संगीतमा दिएको योगदानलाई कदर गर्दै आगामी दिनमा थप प्रोत्साहन दिनका लागि यस अवार्ड वितरण गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि सासंद छविलाल विश्वकर्माले कलाकारको संगीत रोयल्टी व्यवस्थापन गर्न राज्यका तर्फबाट आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कलाकारले नेपाली मौलिक गीत संगीतको मर्मलाई बुझेर आ–आफ्नो सांगीतिक यात्रालाई अघि बढाउन सुझावसमेत दिए ।

प्रतिक्रिया