आज बस्ने भनिएको बागमती प्रदेशसभा बैठक स्थगित, १० गते बस्ने

मकवानपुर । आज बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेको लागि तय गरिएको प्रदेशसभाको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि आजलाई स्थगित गरेर चैत १० गतेलाई सारिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते बस्ने जानकारी दिए ।

आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनको भनाई छ ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर, आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

प्रतिक्रिया