काठमाडौंमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी

काठमाडौं । आज बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री दाहाल ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदा तीन जना युवकले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

कार्यक्रममा एक युवकले प्रधानमन्त्री दाहाललाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए ।तर, प्रहरीले ती युवकलाई पक्राउ गर्न खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबी गर्दै विरोध जनाएका थिए ।

त्यसबीचमा अर्को एक जना युवकले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवकलाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवकले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया