एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट सम्म एनओजी राइड सम्पन्न गरेको छ । गत चैत ४ मा आयोजना भएको यस राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोट पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सबै राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागी भएको उक्त राइडमा सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया