फिदिम माविमा छात्रवृत्ती कोष स्थापना, राष्ट्रपति रनिङ शिल्ड विजेतालाई पुरस्कार

पाँचथर । फिदिम माविमा छात्रवृत्ती कोष स्थापना गरिएको छ । एक कार्यक्रम आयोजना गरेर विद्यालयका स्वर्गीय शिक्षक गंगा काफ्लेको स्मृतिमा छात्रवृत्ती कोष स्थापना गरिएको हो । गंगा काफ्लेको स्मृतिमा एक लाख २३ हजार र फिदिम नगरपालिका निवर्तमान प्रमुख ओनाहाङ नेम्वाङले एक लाख रुपैयाँ सहयोग गरेपछि कोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक बिनोद ठाकुरले बताए ।

उक्त समारोहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयका खेलाडी हरुलाई पदक, नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

फिदिम माविले रनिङ शिल्ड प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ६४ काश्य पदकमा प्रतियोगिता गराइएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि ७७ विद्यालय मध्ये फिदिम माविका विद्यार्थीले मात्रै १५ स्वर्ण,१३ रजत र ४ वटा काश्य पदक जितेका थिए ।

यत्तिकै संख्याका पदकमा गराइएको नगरपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो विद्यालयल एक्लैले २९ स्वर्ण, १० रजत र ७ वटा काश्यपदक जितेको थियो ।

बिजेता खेलाडीलाई फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्यौपाने, वडाध्यक्षहरु, खेल कुद संघसंस्थाका प्रतिनिधिहरु लगायतले पुरस्कार बितरण र सम्मान गरेका थिए ।

समारोहमा नव निर्वाचित विद्यालय व्यवस्थापन समितिलाई स्वागत समेत गरिएको जनाएको थियो ।

प्रतिक्रिया