बाजुराको बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र गठबन्धनका विद्यार्थीबीच झडप

बाजुरा । बाजुरामा विद्यार्थी संगठनहरुबीच झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको हो ।

नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको छ ।

स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले बताए ।

मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गरेको उनले बताए ।

बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए । दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

प्रतिक्रिया