विद्यालयलाई स्माट टिभी र मोबाइल हस्तान्तरण

बझाङ । जिल्लाका १२ ओटा स्थानीय तहका १२ ओटा विद्यालयलाई स्मार्ट टिभी र स्मार्ट मोबाइल हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच सामाजिक विकास कार्यालय बझाङको आयोजनामा बालविकास सुदृढीकरण कार्यक्रममार्फत जिल्लाका १२ ओटा विद्यालयलाई स्मार्ट टिभी र मोबाइल हस्तान्तरण गरेको हो ।

बझाङ जिल्लाको १० ओटा गाउँपालिका र दुई ओटा नगरपालिका गरी १२ ओटा पालिकाहरूबाट छनोट भएर आएका विद्यालयहरूलाई स्मार्ट टिभी र मोबाइल हस्तान्तरण गरेको सामाजिक विकास कार्यालयका व्यवस्थापक गोविन्द सार्कीले बताए ।

सार्कीका अनुसार काँडा माध्यमिक विद्यालय साइपाल, भवानी आधारभूत विद्यालय भेलाता तलकोट, गौरी माध्यमिक विद्यालय जाफ्री दुर्गाथली, सिद्धिगणेश आधारभूत विद्यालय केदारस्यु, शिवभवानी आधारभूत विद्यालय विथ्थडचिर, भाग्योदय आधारभूत विद्यालय खप्तडछान्ना, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मस्टा, सुनिपीपल चौर मावि सुवेडा जयपृथ्वी नगरपालिका, डाडाबाग आधारभूत विद्यालय थलारा, शिशु आधारभूत विद्यालय छविसपाथिभरा, भगवती माध्यमिक विद्यालय बुगल नगरपालिका र दौलिचौर माध्यमिक विद्यालय सुर्मालाई वितरण गरेको बताए ।

कार्यक्रममा बोल्दै भगवती माध्यमिक विद्यालयका बुगलका शिक्षक मानबहादुर बोहोराले यस सामाजिक विकास कार्यालयबाट आउँदा दिनहरूमा बालबालिकाहरूलाई आधुनिक प्रविधिवाट पठनपाठन गरे पछिल्ला दिनहरूमा विद्यार्थीहरूको पढाइमा सुधार हुने र विद्यालयको भौतिक संरचना निर्माणमा पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र्र सरकारले पनि विद्यार्थीको पढाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै क्रियटिभ इन्टरटेन्टमेन्ट वल्र्ड प्रालीका भोजराज थापाले अब पालिकामा रहेका विद्यालयहरूमा इलोक्ट्रोनिक डिभाइसबाट पठनपाठन गराउने उद्देश्यका साथ यो बझाङ जिल्लामा पुगेको र इलोक्ट्रोनिक डिभाइसबाट पढाउँदा विद्यार्थीहरूको पढाइ निकै प्रभावकारी हुने बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै समाजिक कार्यालयका कार्यालय प्रमुख वीरबहादुर धामीले कक्षाकोठामा स्मार्ट टिभी र मोबाइलबाट विद्यार्थीलाई संसारमा भएगरेका राम्रा कुराहरू के के भइरहेका छन्, बालबालिकाहरूलाई मनोरञ्जनात्मक र रमणीय तरिकाले पठनपाठन गराउन सकिन्छ भन्ने उद्देश्यले हस्तान्तरण गरेको र यो कार्यक्रमबाट जिल्लाका ४ सय ६१ विद्यार्थीहरू लाभान्वित हुने बताए ।
उनले भने, ‘आगामी दिनहरूमा यो कार्यले सकारात्मक असर र यो कार्य प्रभावकारी भयो भने पछिल्ला दिनहरूमा सुदूरपश्चिम प्रदेश सरकारलाई यो कार्यक्रम लागू गर्न आग्रह गर्ने र अहिले सुदूरपश्चिमका प्रदेशका नौ ओटा जिल्लाको ८८ स्थानीय तहमा लागू भएको बताए ।’

प्रतिक्रिया