त्रिचन्द्र क्याम्पसमा तोडफोड

काठमाडाैं । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस तोडफोड गरेको हो ।

विद्यार्थीहरूको समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी/टेबल तोडफोड गरेका छन् ।

त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको छैन । तोडफोडमा नेपाल विद्यार्थी संघ नेविसंघसहितका विद्यार्थीको संलग्नता रहेको आशंका गरिएको छ । भर्नाको विषयमा विवाद हुँदा क्याम्पसले निर्वाचन अघि बढाउन सकेको छैन् ।

प्रतिक्रिया