सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई माओवादीले विश्वासको मत दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (माओवादी केन्द्र) का सांसदले विश्वासको मत दिने भएका छन् । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको उक्त पार्टीका एक नेताले जानकारी दिए ।

शनिबार माओवादी केन्द्रले यथास्थितिमा प्रदेश सरकारलाई समर्थन गर्न नसकिने निर्णय गरेको थियो । आइतबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पक्षमा मतदान गर्न नेताहरूलाई निर्देशन दिएका थिए । सो निर्देशनपछि बसेको दलको बैठकबाट विश्वासको मत दिने निर्णय भएको हो ।

सुदूरपश्चिम प्रदेशसभाको अर्को दल नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । अहिले सुदूरपश्चिम प्रदेशसभाको बैठक बसिरहेको छ भने मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत मागिरहेका छन् ।

प्रतिक्रिया