नेविसंघ जन ज्योति बहुमुखी क्याम्पस इकाई सभापतिमा अधिकारी

चन्द्रपुर । नेपाल विद्यार्थी संघ (नेवि संघ) जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी चयन भएका छन् ।

बुधबार नेविसंघ रौतहट जिल्लाको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्विरोध चयन भएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा मधेस प्रदेश सदस्य सूर्य थापा, नगर सभापति मुकेश गिरी, महासमिति सदस्यहरु नवराज देवकोटा, देवराज कार्की, माहाधिवेशन प्रतिनिधि सुवास कोइराला, वडा अध्यक्ष ५ निलहरी कोइराला, जिल्ला सदस्य श्यामहरि चौलागाईं, पूर्वइकाई अध्यक्ष सुमन गौतम स्ववियु सभापति संगम श्रेष्ठलगायत विद्यार्थीको उपस्थिती रहेको नेविसंघ जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया