अर्घाखाँची । देउराली यातायात प्राली अर्घाखाँचीको आयोजनामा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
प्रालीले यही फागुन १३ गते शनिवारको दिन अर्घाखाँची जिल्लाको समदमुकाम सन्धिखर्कस्थित गुन्टेखोलामा रहेको प्रालीको प्रधान कार्यालयमा शिविर सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
बिगत लामो समयदेखि केही महत्वपूर्ण सामाजिक कार्य गर्दै आएको प्रालीले स्वास्थ्य शिविरमा फिजिसियन, हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी,सर्जरी मुटु तथा मुत्र रोगलगायतका विभिन्न खालका विशेषज्ञ सेवा दिईने प्रालीका अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी दिए ।
मेडिटेक हस्पिटल बुटवलका ८ जना विशेषज्ञ तथा अन्य मेडिकल अफिसरसहित प्राविधिकहरुको टिमले चेकजाँच ल्यावटेस्ट तथा औषधि वितरण गर्ने अध्यक्ष बन्जाडे बताए ।
आर्थिक समस्याका कारण उपचार गर्न नपाएका गाउँ तथा ग्रामिण तहसम्मका जनतामा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्ने उदेश्य राखिएको भन्दै अध्यक्ष बन्जाडेले उपचारका लागि गाडी चढेर आउन नसक्ने गरिब निमुखा, बिरामीलाई गाडीको व्यवस्थासमेत मिलाइदिने बताए ।
निवर्तमान समितिका अध्यक्ष योगेन्द्र खड्काले देउराली यातायात प्रालीले सबैको पहुँचमा सहज तवरले स्वास्थ्य सेवा पुर्याउने पहल गर्न खोजेको भन्दै असाय, असतm दुःखी गरिबलाई उतm सेवाबाट लाभान्विबीत गराउने गरि शिविर सञ्चालन गर्न लागीएको बताए ।
यो शिविर जिल्लामा प्रभावकारी बनाउन सबै सरोकारवाला लाग्नुपर्ने भन्दै समितिका आर्थिक विभाग प्रमुख नारायण खड्काले आगामी दिनमा अझ प्रभावकारी विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गरी आम जनतालाई सेवा दिने बताए ।
बिरामी उपचारका शिविरमा आउने सबै स्वास्थ्यका क्षेत्रमा ख्यातीप्राप्त डाक्टर र अत्याधुनिक ल्याव सेवा भएको हुँदा सबै बिरामीहरुको स्वास्थ्य परीक्षण गरी उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिने मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलका प्रबन्ध निर्देशक गणेशप्रसाद ज्ञावलीले बताए ।
देउराली यातायात प्रालीले छिटोछरितो, सहज र निःशुल्क विशेषज्ञ स्वाथ्य सेवा प्रदान गर्न लागेको हुँदा निकै खुसी लागेको सन्धिखर्क नगरपालिका– १ बस्ने भरत कुमालले बताए । कुमालले भने, ‘मलाई लामो समयदेखि नसा दुःखी रहेजस्तो भएको छ,बुटवल नशाका डाक्टरसँग जान पनि पाएको थिएन, दैनिकी घरको कामले गर्दा,फुर्सद मिलेको छैन, अब नजिकै चेक गराउन पाउने भएर खुसी लागको छ ।’
बिगत लामो समयदेखि अर्घाखाँची जिल्लाभर साथै छिमेकी जिल्लाहरु, बुटवल काठमाडौं, पोखरा, दाङलगायतका क्षेत्रमा सुरक्षित र भरपर्दो यातायात सेवा प्रदान गर्दे आएको प्रालिले कोरोनालगायतका विभिन्न खालका विपद,राहत तथा उद्धार र समस्याका वेला पनि सामाजिक काम गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा प्रालीका अध्यक्ष गोबिन्द बन्जाडे, निवर्तमान अध्यक्ष योगेन्द खड्का, प्रालीका उपाध्यक्ष भेषबहादुर बिसी, कोषाध्यक्ष नारायण खड्का, बद्री भुसाल ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया