केपी शर्मा ओलीकाे आफ्नै युट्युव च्यानल सञ्चालनमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।

उनले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी च्यानलमा राखिने ओलीकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया