पर्सा । नेपाल दशनामी समाज मधेस प्रदेशको दोस्रो र पर्सा जिल्लाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । वीरगञ्जस्थित चावोसती अतिथी सदनमा दशनामी समाजको मधेस प्रदेश र पर्सा जिल्लाको अधिवेशन संयुक्त रूपमा आयोजना गरी सम्पन्न गरीएको छ । अधिवेशनमा जिल्ला मूल कमिटी र प्रदेश मूल कमिटी गठन गरिएको छ ।
दशनामी समाजको मधेस प्रदेश कमिटीको अध्यक्षमा रौतहटका रामचन्द्र गिरी, उपाध्यक्षमा पर्साका अरुण पुरी, महिला उपाध्यक्षमा मीरा पुरी, सचिवमा दिनेशचन्द्र गिरी, कोषाध्यक्षमा बाराका मुरारी पुरी, सदस्यहरू सरस्वती गिरी, गजेन्द्र गिरीसहित २५ सदस्य कमिटी गठन गरिएको छ ।
त्यसै गरी पर्सा जिल्लाको मूल कमिटीका अध्यक्षमा विनोद गिरी, उपाध्यक्षमा श्रीभगवान गिरी, महिला उपाध्यक्षमा शशीलता गिरी, सचिवमा नन्दकिशोर गिरी, सहसचिव दीपेन्द्र गिरी, कोषाध्यक्षमा श्याम गिरी, सदस्यहरू मुन्नीलाल, गौरीशंकर, दिगम्बर गिरीसहित २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
समाजका पर्सा जिल्ला अध्यक्ष दिनेशचन्द्र गिरीको अध्यक्षतामा आयोजना गरिएको अधिवेशनमा प्रमुखअतिथी दशनामी समाजका केन्द्रीय निवर्तामान अध्यक्ष रञ्जन गिरी, विशिष्ट अतिथी केन्द्रीय उपाध्यक्ष धु्रव गिरी, सुरेश गिरी, महासचिव तुलसी गिरी, केन्द्रीय सदस्य तुलाराम गिरी, बच्चा गिरी, रौतहट जिल्ला अध्यक्ष रामाशंकर गिरी, बाराका जिल्ला अध्यक्ष नरेन्द्र गिरी, चितवन जिल्ला अध्यक्ष जिवलालपुरी, नेपाल प्रहरीका वरिष्ट उपरिक्षक लालबाबु गिरीलगायत आठौँ जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विनोद गिरीले गरेका थिए ।
प्रतिक्रिया