काठमाडौं । सप्तरीमा शुक्रबार दिउँसो एक महिलाले आत्मदाह गरेकी छन् ।तिलाठी कोइलाडी गाउँपालिका ४ तेलियारी टोलकी ४० वर्षीया राजुदेवी साहले शुक्रबार दिउँसो ३ बजेतिर आत्मदाह गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
उनले घरमा कोही नभएको समयमा शौचालयभित्र पसेर आफ्नो जिउमा आगो लगाएकी हुन् ।
स्थानीयले खबर गरेपछि प्रहरीचौकी बरसाइनबाट प्रहरी नायव निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको थियो ।
श्रीमान् राजकुमार साह लगायत घरमा नभएको अवस्थामा घटना भएको बताइएको छ ।
अहिले घटनाको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालत लगिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान पनि भइरहेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया