उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।

बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्थतालाई देखाउँदै शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने बताए । सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो ।

प्रतिक्रिया