रमेश बिसीको निर्देशनमा थारु गीत ‘तुहिन किल’ सार्वजनिक

धनगढी । समयदेखि नेपाली गीत संगीत क्षेत्रमा आबद्ध रहेका रमेश बिजुली बिसीको निर्देशनमा थारु गीत ‘तुहिन किल’ को भिडियो सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियो साइराम पिक्चर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उमेश मुस्कानले शब्द रचना र संगीत भरेको सो गीतमा गायिका अन्नु चौधरी र गायक राजीव सुनारले आवाज दिएका छन् ।

मारुनी स्टुडियोबाट रेकर्ड भएको गीत केशव बडुले संगीत संयोजन गरेका हुन् । उक्त गीतको भिडियोमा छायंकन अमित उपध्यायले गरेका हुन् । सतीश सिन्हाले सम्पादन गरेको भिडियोमा अभिनय मुकेन्द जिसी र अञ्जु कुसुमीको अभिनय रहेको छ ।

सुदूरपश्चिम डडेल्धुराको रमणीय ठाँउ उग्रतारामा छायांकन गरिएको उक्त म्युजिक भिडियो सुदूरपश्चिममा विभिन्न भाषा मध्य तराईतिर बोलिने थारु भाषाका शब्दमा तयार गरिएको निर्देशक रमेशले बताए ।

प्रतिक्रिया