पितृ सत्ताको चपेटामा महिला मात्रै छैनन्

अञ्जु कार्की

समाजमा लामो कालखण्डदेखि पितृसत्ता कायम छ । तर यो पितृ सत्ताले महिलालाई मात्रै सताएको छ भन्ने ठान्नु भ्रम हो । महिलालाई बढी सताइएको होला, तर पितृसत्ता भनेको पुरुषहरूका लागि पनि चुनौती हो । समग्रमा भन्नुपर्दा लैंगिक भेदभाव विश्वका सबै देशहरूको साझा चुनौती हो । के विकसित के अविकसित सबै देशमा यो समस्या छ, फरक यत्ति हो कि कुनै देशमा यो समस्या धेरै छ कुनै देशमा थोरै छ । यो चुनौती सबै धर्म सम्प्रदायको साझा चुनौती हो, के हिन्दू, के इस्लाम, के इसाइ, के बौद्ध, के जैन, सबै धर्म सम्प्रदायमा लैंगिक भेदवावको चुनौती छ । तर चुनौतीको मात्रा भने फरक छ ।

जुन देश तथा समुदायमा लैंगिक भेदभावको मात्रा कम छ ती देश तथा समुदायले आर्थिक विकास तथा समृद्धिमा फड्को मारेका छन् । जुन देश तथा समुदायमा लैंगिक विभेद कम छ उनीहरू आर्थिक विकास तथा समृद्धिको हिसाबले पछाडि छन् । स्त्री, पुरुष र उभय गरी तीन वटा लिंगको परिभाषा हाम्रो समाजमा थियो । अहिले पश्चिमा आइएनजिओको प्रवेशपछि उभय लिंगको ठाउँ तेस्रो लिंगले लिएको छ ।

फरक लिंग भएकै आधारमा पेसा वा अध्ययन कार्यस्थल, परिवार तथा समाजमा भेदभाव गर्नु, कुटपिट गर्नु, डर त्रास देखाउनु लगायतका क्रियाकलापहरू लैंगिक हिंसाभित्र पर्दछन् । पुरुषको तुलनामा महिलाहरूले बढी लैंगिक हिंसा बेहोर्नुपरेको छ । यसका आफ्नै कारण र परिवेश छन् । दृश्य र अदृश्य धेरै कारण छन् । यी कारणहरू निराकरणका लागि धेरै पहिलेदेखि प्रयास हुँदै आएका छन् । ती प्रयासहरू उपलब्धिमूलक छन् । तर समाजको उत्पादनमूलक तथा शासकीय ढाँचा परिवर्तन नभएसम्म यस्ता प्रयासले आशातित उपलब्धी दिन सक्दैनन् ।

समाज ढुंगे युगबाट सामन्तवादी युगमा प्रवेश गरेसँगै महिलामाथि पुरुष हावी भएका हुन् । सामन्तवादमा महिलालाई पुरुषको उपभोग्य वस्तुको रूपमा लिइन्छ । जब सामन्तवादी युगबाट समाज पुँजीवादी युगमा प्रवेश गर्छ तब महिला अधिकारका कुरा उठ्न थाल्छन् । यस हिसाबले नेपालमा महिला अधिकारको कुरा युरोप अमेरिकाबाट आयात भएको हो । उनीहरू २÷३ सय वर्षअघि नै सामन्तवादी युगबाट पुँजीवादी युगमा प्रवेश गरिसकेका हुन् । तर, हामी यतिबेला सामान्तवाद र पुँजीवादी युगको संक्रमणमा छौँ ।

महिला र पुरुष एकअर्काका परिपुरक हुन् भन्ने कुरालाई स्वीकारिएन भने हाम्रो महिला अधिकार आन्दोलन अल्मलिन सक्छ । जसरी महिलामाथि आइपर्ने समस्या पुरुषको पनि हो त्यसरी नै पुरुषमाथि आइपर्ने समस्या महिलाको पनि हो । भन्ने ढंगले अघि बढ्दा मात्रै समानुपातिक विकास सम्भव छ । महिलामाथि भएका हिंसा जुनरूपमा बाहिर आएका छन् त्यो रूपमा पुरुषमाथि हुने हिंसा बाहिर आउन सक्ने अवस्था छैन । नेपाली समाजको संरचनाको यो पाटो पनि छ । उदाहरणका लागि कुनै घरमा लोग्नेद्वारा कुटिएकी श्रीमती डाँको छोडेर रुन्छे, वरिपरिका छिमेकीले थाहा पाउँछन्, उनीहरू जम्मा हुन्छन् ।

सामन्तवादका अवशेषहरू अझै बाँकी रहेका कारण पुँजीवादी युगमा प्रवेश गर्न हामीलाई अझै लामो समय लाग्ने देखिन्छ । जसरी सामन्तवादी युगमा जोसँग धेरै जमिन छ उही बलियो हुन्थ्यो, त्यसरी नै पुँजीवादी युगमा जो सँग पुँजी धेरै छ उही बलियो हुन्छ । जोसँग सीप, जाँगर, प्रविधि र सूचनाको स्रोत बढी छ उसैले पुँजी आर्जन गर्न सक्छ । महान् दार्शनिक कार्ल माक्र्सले युग परिवर्तनको चरणमा हुने सामाजिक अन्तरसम्बन्धहरूको गहन व्याख्या गरेका छन् । उनले पुँजीवादको चरम विकासपछि समाजवादको परिकल्पना गरेका छन् ।

समाजवादले नै सबै प्रकारका शोषण दमन र उत्पीडनको अन्त्य गर्छ भन्ने कार्ल माक्र्सको दृष्टिकोण हो । कार्ल माक्र्सको यो दृष्टिकोणलाई कम्युनिस्टहरूले मात्रै होइन लोकतन्त्रवादीहरूले पनि स्वीकार गरेका छन् । कार्ल माक्र्सको यो दृष्टिकोणलाई सुरुमा प्रजातन्त्रवादी कित्ताबाट चर्को आलोचना गरिए पनि रोजा लक्जेम्बरको उदयपछि भने करिब करिब सबैले स्वीकार गरेका छन् । रोजा लक्जेम्बर्ग कार्ल माक्र्स सरहकै व्याख्याता मानिन्छिन् । उनले पनि सामाजिक विकृतिको कुनै एउटा पाटोको मात्रै अन्त्यले युग परिवर्तन सम्भव नभएको जनाएकी छिन् ।

नेपालको सन्दर्भमा भन्ने हो भने महिला अधिकारका कुरा धेरै उठेका छन् । मध्ययुगिन सामन्तवादको चपेटामा रहेको नेपाली समाजमा महिलामाथि कहालीलाग्दा भेदभावहरू थिए । कल्पना गर्दा पनि आङ् सिरिंग हुने भेदभाव नेपाली समाजमा महिलाहरूले बेहोर्नुपर्ने अवस्था टरेको धेरै भएको छैन । सति प्रथा उन्मुलन भएको भरखर डेढ सय वर्ष बित्दै छ । ००७ साल अघिको र अहिलेको अवस्था तुलना गर्ने हो भने धेरै नै भिन्न देख्न सकिन्छ ।
अरू मुलुकको तुलनामा नेपाली महिला छोटो अवधिमै अधिकार सम्पन्न भएका छन् । यो उपलब्धिको जगेर्ना गर्नका लागि अब नेपाली महिलाले अधिकारको लडाइँ मात्रै होइन जिम्मेवारीको आन्दोलन पनि सुरु गर्नुपर्ने आवश्यकता त्यतिकै छ । हिलले महिलाको अधिकारका कुरा मात्रै गर्नुपर्छ भन्ने मानसिकतासमेत कता कता सुरु भएको छ । नेपाली महिलाहरूले अहिलेसम्म जे जति उपलब्धी हासिल गरेका छन् त्यसमा पुरुषको पनि उल्लेख्य योगदान रहेको छ । समस्या पुरुषवाद हो, पुरुष समस्या होइनन् ।

महिला र पुरुष एकअर्काका परिपुरक हुन् भन्ने कुरालाई स्वीकारिएन भने हाम्रो महिला अधिकार आन्दोलन अल्मलिन सक्छ । जसरी महिलामाथि आइपर्ने समस्या पुरुषको पनि हो त्यसरी नै पुरुषमाथि आइपर्ने समस्या महिलाको पनि हो । भन्ने ढंगले अघि बढ्दा मात्रै समानुपातिक विकास सम्भव छ । महिलामाथि भएका हिंसा जुनरूपमा बाहिर आएका छन् त्यो रूपमा पुरुषमाथि हुने हिंसा बाहिर आउन सक्ने अवस्था छैन । नेपाली समाजको संरचनाको यो पाटो पनि छ । उदाहरणका लागि कुनै घरमा लोग्नेद्वारा कुटिएकी श्रीमती डाँको छोडेर रुन्छे, वरिपरिका छिमेकीले थाहा पाउँछन्, उनीहरू जम्मा हुन्छन् ।

सम्झाउने बुझाउने क्रम सुरु हुन्छ । सम्झाउँदा बुझाउँदा केही नलागे कानुनी उपचारको प्रक्रिया सुरु हुन्छ । तर यही कुटपीट श्रीमतीबाट लोग्नेमाथि भएको अवस्थामा छिमेकीलाई थाहा हुन्न । लोग्ने मान्छे भएर रुनुहुन्न भन्ने मान्यता एकातिर छ भने अर्कोतिर स्वास्नीले कुटी भन्दै गुहार माग्न थाल्यो भने ‘जोइटिंग्रे’ भनिदिन्छ हाम्रो समाजले । जे गरेर भए पनि पैसा कमाउन पुरुष बाध्य हुनुको पछाडि महिलाको दबाब पनि कारण हुन सक्छन् । घरमा कमाइ गर्ने भनेको पुरुषले मात्रै हो भन्ने सामाजिक मान्यता हावी छ ।

यो मान्यताले पनि पुरुषहरूको जिन्दगी तनावै तनावमा बित्ने गरेको पो छ कि ? भन्नेतर्फ पनि त्यति नै सोच विचार जरुरी छ । श्रीमतीको भन्दा श्रीमानको कमाइ बढी हुनैपर्ने भन्ने मान्यताको अझै अन्त्य हुन सकेको छैन । यतिवेला डिभोर्सका घटनाहरू हेर्ने हो भने अधिकांश श्रीमानको भन्दा श्रीमतीको कमाइ धेरै भएको जोडिमा द्वन्द्व देखिन्छ ।

प्रतिक्रिया