पत्रकार सम्मेलनमा रविले बोलेका कुराको जिम्मा लिन्न : पाँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले बोलेका विषयप्रति आफ्नो असहमति जनाएका छन् । आइतबार लामिछानेले पत्रकार सम्मेलनमार्फत मिडिया र पत्रकारमाथि लगाएका आरोपको जिम्मा नलिने जनाएका हुन् ।

स्वतन्त्र पार्टीभित्र रविको अभिव्यक्तिप्रति असन्तुष्टि भए पनि नेताहरुले त्यसलाई बाहिर व्यक्त गर्न नसकिरहेको अवस्थामा केन्द्रीय सदस्य पाँडेले भने ट्वीट गर्दै व्यक्ति भनाइप्रति आफू सहमत नभएको जनाएका हुन् ।

भावनाभन्दा माथि उठ्न आग्रह गर्दैै उनले भनेका छन्, ‘म पत्रकार सम्मेलनको सिस्सा थिइन। यसको वितरण र यसको बहिष्कार सह(स्वामित्व छैन। युवा, सीमान्तकृत र नेपालका आशावादीहरूको पक्षमा उभिन च्क्ए एक नेताको भावनाभन्दा माथि उठ्नुपर्छ ।’

प्रतिक्रिया