साझा उम्मेद्वार खोज्न ओलीलाई दबाब

प्रचण्ड–ओली छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई समेत मनाउने गरी राष्ट्रपतिको उम्मेद्वार खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भएको छलफलमा यस्तो आग्रह गरेको स्रोतले बतायो ।

उनीहरूबीच प्रधानमन्त्री निवास शीतल निवासमा भएको भेटमा भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेद्वारका विषयमा छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्डले एमालेको तर्फबाट नै राष्ट्रपतिको उम्मेदवार बनाए पनि त्यो सबैलाई मान्य खालको व्यक्ति अगाडि सार्दा सबैलाई सहज हुने ओलीसमक्ष आग्रह गरेका थिए ।

तर, जवाफमा एमाले अध्यक्ष ओलीले पहिलो भएको सहमतिलाई नै कार्यान्वयन गर्न जोड दिएका थिए । सरकार गठन गर्दा माओवादीलाई प्रधानमन्त्री, एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमति भएको थियो । सो अनुसार प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने एमालको तर्फबाट देवराज घिमिरे सभामुख भइसकेका छन् । सभामुख एमाले पाउँदा त्यसमा कांग्रेसले पनि उम्मेद्वार उठाएको थियो । त्यसैगरी उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उठाउँदा कांग्रेसले अलग्गै प्रत्यासी उठाएको थियो । तर, राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार भएका उर्मिला अर्यालविरुद्ध कुनै उम्मेद्वार उठाएन । त्यसैले उनी सर्वसम्मत भएकी छन् ।

माओवादी बाहेकका दलको भागमा सहमति भएको पदमा मात्र कांग्रेसले सर्वसहमतिको रटान लिएको भन्दै ओलीले माओवादी र कांग्रेसप्रति समीकरण भाँडने चलखेल गरेको आशंका गर्दै आएका छन् ।

मंगलबार भएको दुई नेताबीचको छलफलमा ओलीले फेरि त्यही प्रश्न दोहो¥याएका थिए –एमालेले पाउने सहमति भएको पदमा मात्र किन कांग्रेस माओवादीलाई सहमति चाहिएको हो ? अनि एमालेले अरूको भागमा परेको पदमा यस्तो मान्छे भए हुन्छ नभए हुन्न भनेन तर एमालेको भागमा परेको राष्ट्रपतिमा किन साझा मान्छे भनेर अरूको पार्टीमा हात हाल्ने कोशिस भएको छ ? भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएको एक नेताले सौर्यलाई बताए ।

मंगलबारको छलफलमा प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेद्वार एमालेको तर्फबाट को को हुन सक्छन् भन्दै ओलीसँग जिज्ञासा राखेका थिए । तर, ओलीले त्यो समय आएपछि तय गर्छौं भनेर प्रचण्डलाई जवाफ दिएको ती नेताले बताए ।
एमालेका एक नेताका अनुसार अध्यक्ष ओली सकेसम्म यसभन्दा अघिदेखि नै आफूले भनेको सबै मान्ने नेतालाई उम्मेद्वार बनाउन चाहन्छन् । अर्थात ती नेताका अनुसार उनलाई अबको राष्ट्रपति चाहिएको भनेको नै ‘एसम्यान’ हो ।


अहिलेसम्म राष्ट्रपतिका लागि एमालेभित्र उठेको नाम पूर्व सभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको हो । तर प्रतिनिधिसभा विघटनपछि उनको मौनताले ओलीको उम्मेद्वार हुनका लागि निकै पर धकेलेको एमालेका एक नेता बताउँछन् । तर उनको नाममा कांग्रेसले पनि सहमति जनाउने बताइएको छ । त्यसपछि आउने अर्को नाम हो अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरे । यी दुबै नेता ओलीको ‘ग्रिप’ मा रहने प्रवृतिका होइनन् । त्यस्तै अर्को नाम हो छविलाल विश्वकर्मा । उनी धेरै जुनियर भएकोले उनको नाममा पनि ओलीको ‘दिलखुस’ नभएको बताइएको छ । त्यसैले अहिले उनले आफूले राष्ट्रपति बनाउने व्यक्तिलाई ओलीले लो प्रोफाइलमा राखेको स्रोतले बतायो ।

भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ । मंगलबार सिंहदरबारमा एक घण्टाभन्दा लामो छलफल भएको छ । यद्यपि नामका विषयमा कुनै प्रवेश गरेको छैन ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा भई बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।

संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।

यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मंगलवार छलफल भएको हो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जसलाई एमालेले असम्भव भनिरहेको छ ।

मंगलबार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताए । उनले आफ्नो पार्टी एमालेका उम्मेद्वारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ ।
यसैबीच कांग्रेसका नेता डा.शेखर कोइरालाले अन्य राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वारलाई विजयी गराउने बताएका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन मंगलबार सौराहामा उद्घाटन गर्दैै उनले यस्तो बताएका हुन् ।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको उनले दाबी गरे । नेता कोइरालाले भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’ प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेद्वारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए । प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पछिल्लो समय संगठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताए । सदस्य भट्टराईले भने, ‘गुट निर्माणमा होइन संगठन निर्माणमा लागाँै ।’
नेपाली कांग्रेसका अर्का नेता रमेश लेखकले पनि आफूहरू राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको प्रतिक्रिया दिएका छन् । कांग्रेस संसदीय दलको कार्यकक्षमा केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

लेखकले थपे, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरू कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । मैले संसद्भित्र जुन रूप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ । त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ’, उनले भने’ ‘अहिले सरकारमा भएका दलका केही नेता अत्यन्तै आत्तिएका छन् । उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’

उनीहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेद्वारका विषयमा छलफल भएको स्रोतले बतायो । स्रोतका अनु्सार प्रचण्डले एमालेको तर्फबाट नै राष्ट्रपतिको उम्मेद्वार बनाए पनि त्यो सबैलाई मान्य खालको व्यक्ति अगाडि सार्दा सबैलाई सहज हुने ओलीसमक्ष आग्रह गरेका थिए ।
तर, जवाफमा एमाले अध्यक्ष ओलीले पहिलो भएको सहमतिलाई नै कार्यान्वयन गर्न जोड दिएका थिए

प्रतिक्रिया