प्रेस चौतारी पाँचथरले घोषणा गर्यो रामचन्द्र स्मृति अक्षय कोष

पाँचथर । प्रेस चौतारी नेपाल पाँचथरले स्वर्गीय पत्रकारद्वय रामचन्द्र स्मृति अक्षय कोष घोषणा गरेको छ । चौतारीको २५औँ स्थापना दिवसको अवसरमा ५ लाखको स्मृति पुरस्कारको अक्षय कोष घोषणा गरिएको हो ।

चौतारीका सह–संयोजक स्वर्गीय चन्द्रप्रसाद पोखरेल, संस्था पक सदस्य रामप्रकाश सम्थिङ गुरुङ को नाममा कोष स्थापना गरिएको जनाएको छ । कोषको व्याजले क्रियाशील पत्रकारलाई पुरस्कार गर्दै लैजाने आयोजकले जनाएको छ ।

सो अवसरमा चौतारीका पूर्व अध्यक्ष तथा पावर पोष्टका प्रधान सम्पादक युधिष्ठिरराज आमगाँई, गोरखापत्रका जिल्ला प्रतिनिधि नारायण तुम्वापो लगायतलाइ सम्मान गरिएको थियो । एमाले अध्यक्ष राजकुमार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका अध्यक्ष रविन्द्र काफ्लेले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया