प्रधानमन्त्रीसमक्ष तीन मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका छन् ।

आइतबार रास्वपाको पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलनपश्चात् तीनै मन्त्रीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया