साफ यू –२० महिला फुटबल : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली टोलीले हारका साथ बंगलादेशमा सुरु साफ यू २० महिला च्याम्पियनसिप सुरुवात गरेको छ । नेपाल बंगादेशसँग ३–१ ले पराजित भएको छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाल पहिलो हाफमै २–१ ले पछाडि परेको थियो । बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाइले गोल गरिन् ।

खेलको तेस्रो मिनेटमा अक्लिमाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । १३ औं मिनेटमा शम्सुनाहरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारिन् । २४ औं मिनेटमा मनमायाले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याइन । इन्जुरी समयमा शाहिदाले गोल गरेपछि बंगलादेशले ३–१ को सहज जित हासिल गर्यो ।
च्याम्पियनसिपको शुक्रबार नै भएको पहिलो खेलमा भारतले भुटानलाई १२–० ले हराएको थियो । च्याम्पिनसिपमा सहभागी ४ टोलीले एकअर्काको सामना गर्नेछन् ।

च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आइतबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन बंगलादेश र भारत भिड्नेछन् । नेपालले भारतको सामना मंगलबार गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ मा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया