काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो विद्रोह जायज थियो भन्ने कुरा अहिले सम्मको घटना क्रमले पुष्टि गरेको बताएका छन् ।
आज आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठकमा सम्बेधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले आउने दिनमा थप पुष्टि हुने बताए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष नेपालले उद्घाटनपछि सम्बेधन गर्दै भने, ‘ हाम्रो विद्रोह जायज थियो भन्ने कुरा अहिले सम्मको घटनाक्रमले पुष्टि गरेको छ, आउने दिनमा थप पुष्टि हुनेछ । सबै कुरा मानीसले चाहेजस्तो हुदैन ।
हामिले चाहेर मात्रै सबै कुरा हुँदैन । सिद्धान्तका आधारमा चलेमात्रै सहि ढंगले ठिक ठाउँमा पुग्नेछौँ । क्रान्तीबाट प्रेरित भएका कार्यकर्ता सही ढंगले अगाडि बढे क्रान्तिले सफलता प्राप्त गर्ने छ । कम्युनिस्ट पार्टीले सधै जनता र मुलुकको हितमा काम गर्छ त्यसमा हामीलाइ गौरव छ ।’
साथै, अध्यक्ष नेपालले बिस्तारै लोकप्रिय मत घटेकाले चिन्ताको विषय भन्दै कम्युनिस्टहरुले सोच्नुपर्ने बताए । उनले भने, ‘बिस्तारै लोकप्रिय मत घटेको छ, यो चिन्ताको विषय हो, यसमा कम्युनिस्टहरुले सोच्नुपर्छ । नेपालमा देखिको विदेशि शक्तिको चासोमा हामी चनाखो हुनपर्छ ।
यतिबेला विदेशीहरुको चलखेल बढेको छ । कम्युनिस्ट पार्टीभित्र पनि चरम गुटबन्दी बढेको छ । त्यो राम्रो संकेत होइन । पार्टीमा बस्ने तर काम पार्टीको हितमा गरिँदैन भने त्यसबारे गम्भीर समिक्षा हुनेछ ।’ कुरा एउटा काम अर्को गर्ने छुट कसैलाइ नभएको पनि उनले बताए ।
‘कुरा एउटा काम अर्को गर्ने छुट कसैलाइ छैन । जनताबीचमा जान पर्छ कृयाशिला हुनुपर्छ । पार्टी निर्माणमा सबैको भूमिका प्रभावकारी हुनपर्छ । पद र अवसरका लागि हिरिक्क हुने प्रवृत्ति पनि छ, त्यसलाई निरुत्साहित बनाउनु पर्छ ।’
प्रतिक्रिया