श्री गणेश र हात्तीको टाउको

मोहनप्रसाद सापकोटा

दश हजार वर्षको आयु दियो भने पनि कुनै पण्डितले शास्त्र पढेर सक्दैन । यसो भनिएको छ । त्यसैले कुनै एउटा शास्त्रको वचन शास्त्रसार होइन र हुन पनि सक्दैन । शास्त्रमा विज्ञानका कुरा थोरै हुन्छन् र ती कुरालाई पनि सूक्ष्म तरिकाले शब्द सञ्जालमा बेरेर राखिएको हुन्छ । त्यसैले अमुक शास्त्रका बारेमा विज्ञता हासिल गर्दैमा म सर्वज्ञ भएँ भनी ठान्नु मूर्ख हुनु हो । शास्त्रको गहिराइलाई भगवान्को कृपा नभई बुझ्न नै सकिन्न, अरूलाई बुझाउने कुरा त धेरै परका कुरा हुन् । मूर्ख समाजलाई अझ मूर्ख बनाउँदै शास्त्र बेचेर ब्यापार चलाउन चाहीँ सकिन्छ ।

आफ्नो कुरा

कुर्मपुराण, देवीभागवत, नारदपुराण, पद्ममपुराण, ब्रह्मपुराण, ब्रह्ववैवर्त पुराण, ब्रह्माण्डपुराण, मार्कण्डेयपुराण, वायुपुराण, विष्णुपुराण, शिवपुराण, गणेशपुराण, लिंगपुराण, विष्णुधर्माेत्तरपुराण, भागवत, अग्निपुराण, भविष्यपुराण, गरुडपुराण, मत्स्यपुराण, वाराहपुराण, अत्रिसंहिता, अर्कप्रकास, आंगिरसस्मृति, आपस्तम्वस्मृति, आयुर्वेद महोदधि, औशनसीस्मृति, कात्यायनस्मृति, गौतमस्मृति, दक्षस्मृति, नारदीयमनुसंहिता, नीतिशतकम, नेपालमहात्म्य, पराशरस्मृति, पारस्कर गह्यसूत्र, बुधस्मृति, बृहस्पतिस्मृति, भावप्रकाश निघण्टु, मनुस्मृति, याज्ञवल्क्यस्मृति, राजनिघण्टु, लद्दुयमस्मृति, लघुहारीतस्मृति, लिखितस्मृति, विष्णुप्रोक्तधर्मशास्त्र, विष्णुस्मृति, व्यासस्मृति, शंखस्मृति, शातातपस्मृति, शांर्गधरसंहिता, बाहैस्पत्यसूत्र, वाधूलस्मृति र संवत्र्तस्मृति ः यी माथि उल्लेख गरिएका शास्त्रलाई आफ्नो फन्टमा उतारेका वा नेपालीमा भावानुवाद गरेका कुनै पनि ग्रन्थको मूल श्लोकमा हिन्द, वा हिन्दू शब्द छैन । यसैले पन्ध्रौँ शताब्दी पछि वैदिक सनातन धर्मलाई अरू कसैले हिन्दू बनाइदिएको स्पस्ट हुन्छ । तालबेतालका सम्प्रदायहरू उम्रनुको पछाडि पनि यही अरूले न्वारान गरेर राखिदिएको नाम प्रमुख कारण हुन सक्दछ । वकालत गर्नेहरूले हिन्दू हिन्दू भनेर सुँगा रटाई गरिरहनुभन्दा वैदिक सनातन धर्मको वकालत गर्नु बुद्धिमानी हुन्छ भन्ने मलाई लाग्दछ । वैदिक सनातन धर्म मानव कल्याणमा केन्द्रित छ । मानवको अस्तित्व रहे मात्र उसका अगाडी पछाढि अरू शब्द जोडिन पाउँदछ, होइन र ?

गणेश उत्पत्ती

पुराणबाट तानिएका भनी लेखिएको ग्रन्थ विशेषमा ‘पार्वतीले आफ्नो शरीरको मयल माडी एउटा मानवाकार आकृति बनाई त्यसमा सास हालिन् र नाम गणेश राखिन्’ । पार्वतीको जीउमा पनि मयल ? प्रश्न उठाइयो । अनि अर्कोले संशोधन गरेर उपबुज्रुक हुँदै मयलका स्थानमा बुकुवा भनेर संशोधन गर्दै नयाँ ग्रन्थ निकाल्यो । यस्तै यस्तै नै छन् हाम्रा कतिपय ज्ञानका आधारहरू । अति नै संकुचित, कुवाको भ्यागुतो बनाउने खालका ।
म विभिन्न पुराणका कथाका आधारमा गणेशको उत्पत्ति र हात्तीको टाउको जोडिनुको रहस्यका बारेमा हजुरहरुलाई केही जानकारी दिन प्रयास गर्नेछु । ज्ञान अनन्त भएकोले यही नै शतप्रतिशत सही हो म भन्दिनँ । आउनुहोस् कथा सुरु गरौँ ।

सर्वशक्तिमान ईश्वरले आफ्नै दैवीरूपमा जन्माएको सन्तानलाई धारण गर्न सक्ने क्षमता ब्रह्माण्डसँग नै छैन । यसैले ती दैवीशक्तिहरू सन्तान जन्माउनुपर्दा सम्बन्धित धरातलसँग मेल खाने किसिमका रूप लिएर अवतरण हुने गर्दछन् । विष्णुका चौबीस अवतार यसैका उदाहरण हुन् ।
भगवान् शिव र पार्वती कैलाशभित्र रहेको भव्य दरबारमा धेरै समय हराएपछि कतै आफ्नो दैवीशक्ति भुलेर भगवान् शिवबाट कुनै अनर्थ त हुन लागेको होइन भनेर अन्य दैवीशक्तिलाई शंका भयो । गएर वास्तविकता पत्ता लगाई आउन अग्निलाई अ¥याइयो । कैलाश भित्रको दरबारमा रहेको अन्तपुरमा रहेको कोठा बाहिर गई अग्निले भगवान् शिवलाई आत्तिँदै बोलाए ।

त्यतिबेला शिव र पार्वती रतिकर्ममा व्यस्त थिए । अग्निले बोलाएको सुनी उनीहरूको क्रmम भंग भयो । अन्तिम चरणमा पुगेको सहवासलाई नटुंग्याइँ भगवान् शिव उठ्न खोज्नुभयो । पार्वती दोमनमै आपूmलाई गुटमुटु पारेर बस्न खोजिन् । यसबखत शिवको अत्यन्त शक्तिशालि वीर्य उहाँहरू सुतेकै पलङमाथि पतन हुन पुग्यो ।

त्यसपछि हुत्तिँदै गएर भगवान् शिवले ढोका खोली अग्निसँग उनी आत्तिँदै आउनुको कारण सोध्नुभयो । अग्निले भएजति कुरा सबै सुनाए । शिवका पछिपछि आएर कुरा सुनिरहेकी पार्वतीले अग्निका कुरा सुनेपछि रिसले आगो हुँदै यसो भन्न लाग्नुभयो । ‘अर्काको उन्नति प्रगतिलाई देखिनसहने हे देवता हो ! तिमीहरूले मलाई आमा बन्न दिएनौ, त्यसैले तिमीहरू पनि आफ्नो वास्तविकरूपमा कहिल्यै गर्भधारण गराउन र गर्न सक्ने छैनौ…आदि” ।


यसरी सबै देवीदेवतालाई श्राप दिएपछि पार्वती कहिले दैवलाई, कहिले शिवलाई, कहिले अग्निलाई त कहिले देवतालाई गाली गर्दै ढोका छेउमै भुइँमा बसेर भक्कानो छोडेर रुन लाग्नुभयो । शिव भगवान्ले पार्वतीलाई सम्झाउन थाल्नुभयो तर पार्वती सम्झिन मानिरहनु भएको थिएन ।

यसपछि दिव्यशक्तिका पाँच अवतार (पाञ्चायन) मध्येका एक भगवान् श्रीकृष्ण त्यहाँ पलङ नजिक अवतरित हुनुभयो र पलङमा रहेको शिवको मज्जरसमा आफ्नै अंश प्रवेश गराई त्यसलाई एउटा बालकको रूपमा परिणत गरिदिनुभयो । त्यसपछि सो बालक रुन लाग्यो । अनि बाहिर पार्वती रुने र शिव आदि बसेर फुल्याउने क्रmम चलिरहेको स्थानमा श्रीकृष्ण जानुभयो ।

शिव, दुर्गा, गणेश, सूर्य र विष्णु एउ६ै शरीरका पाँच अंग जस्तै हुन् । यहाँ नाक, आँखा, कान, जिब्रो र छालारूपी सनातन शरीरका अंगहरू भने एकअर्कोलाई होच्याउँदै आपूm ठूलो देखिन मरिमेटेर लागिपरेका छन् । अल्पज्ञान भएपछि धर्म पनि पेसा बनेर फस्टाउँदो रहेछ ।
यताउता कुरा नलैजाउँ । पुनः कथातिरै लागौँ । अनि त्यहाँ गएर श्रीकृष्णले भन्नुभयो, ‘माता ! हजुरले के गाईजात्रा देखाएको हो यो ? भित्र पलङमा हजुरको बच्चा रोइरहेको छ, हजुर यहाँ के कारणले रोएर बसिरहनुभएको ? संसारकी माता हजुरले समेत आफ्नो नवजात बच्चालाई यसरी उपेक्षा गरेको देखेपछि भविष्यमा अरू माताहरूले के गर्लान् ?’

भगवान् श्रीकृष्णका कुरा सुनेपछि एक हातले अस्तव्यस्त हालतमै जसोतसो आपूmलाई बेर्दै र अर्को हातले आँशु पुछ्दै अनि आश्चर्य मानेको जस्तो अभिनय पनि गर्दै पार्वती जुरुक्क उठी दौडँदै पलङ भएका ठाउँतिर जानुभयो । अरूहरू पनि अचम्म मान्दै उहाँका पछिपछि गए । नभन्दै त्यहाँ पलङमा शिवको मज्जरसमा लतपतिएर एउटा अत्यन्त सुन्दर बालक लडिबुडि गर्दै च्याँठ्ठिएर रोइरहेको थियो ।

त्यसपछि जगदम्बा पार्वतीले सबै कुरा बिर्सी वात्सल्य भावले हर्षका आँशु बगाउँदै बालकलाई उठाएर अँगालोमा च्यापी हल्लाउँदै फुल्याउँदै उसका निधारमा म्वाइ खानुभयो । त्यसबेला त्यहाँ उपस्थित सबैका आँखामा आश्चर्यमिश्रित हर्षका आँशु बगिरहेका थिए । भगवान् शिव र भगवान् श्रीकृष्णसमेत हर्षका आँशु बगाइरहनुभएको थियो । हर्ष र आश्यर्यले गर्दा त्यतिखेरको त्यहाँको वातावरण साच्चै नै अद्भूत देखिन्थ्यो ।

त्यहाँ के भएको हो त्यो श्रीकृष्ण, शिव र पार्वती तीनै जनालाई थाहा थियो । भविष्यमा घटित हुने अनेक घटनालाई व्यवस्थित गर्न र लोकलाई शिक्षा दिन त्यो लीला रचिएको थियो । त्यहाँ उपस्थित पार्वतीका सुसारेहरू र शिवका गणहरू भने केही रहस्य थाहा पाइन्छ कि भनेर एकअर्काको मुख आश्चर्यपूर्ण तरिकाले हेरिरहेका थिए । ईश्वरको लीला उनी आपैmँ बाहेक अरूले थाहा पाउन सक्ने कुरो थिएन, सामान्य शक्ति भएका सबैका लागि लामो समयसम्म यो रहस्य रहस्य नै बनिरह्यो ।

यसपछि त पार्वतीले पुत्र जन्माएको कुरा सबैतिर हावा पैmलिए जसरी पैmलन थाल्यो । कैलाशमा त खुसियालीको महोत्सव हुने नै भयो । ब्रह्माण्डभरी सुन्ने जति सबैले खुसियाली मनाउन थाले । अनि सुनेजति सबै एक एक गरी शिवपार्वतीलाई बधाई दिन र बालकलाई आशीर्वाद दिन लाम लाग्न थाले । कैलाशमा जान सक्ने र जान पाउनेजति सबै जान थाले । महिनौँ दिनसम्म यो क्रmम चलि नै रहेको थियो ।

सूर्य आदि सबै ग्रह, नक्षत्र आदि पनि बधाई र आशीर्वाद दिन कैलाश गए । यिनै ग्रहमध्येको एक ग्रह शनिश्चरका मनमा भने ज्वारभाटा उठिरहेको थियो । ‘कैलाश नजाउँ ब्रह्माण्ड नै पूरै उल्छिएर गइसके । जाउँ आफ्ना कारण भविष्यमा हुनसक्ने अशुभ घटना सम्झेर डरले मन नै थरथर कामिरहेछ’ शनिश्चर यसरी नै जाने कि नजाने भनेर दोमन गरिरहेका थिए ।

अन्तमा ‘अहिले नगएर शिवपार्वतीको रिसको पात्र बनी कठोर श्राप पाउनुभन्दा बरु अहिले नै गएर परेको बेहोर्नु वेश हुन्छ’ भन्ने अठोट गरी शनिश्चर पनि नवजात बालकलाई आशीर्वाद दिन र शिवपार्वतीलाई बधाई दिन कैलाशतिर लागे ।

उता कैलाशमा अभैm भीड कम भएको थिएन । दिइएका उपहारहरूको पर्वताकार थुप्रो भएको थियो । यत्रतत्र पाउनाका लागि भोजनालय, आराम गृह र शयन कक्ष बनाइएका थिए । देवताका शिल्पकार विश्वकर्मा, अन्नकी अधिष्ठात्री देवी अन्नपूर्णा आदि सबै देवदेवी त्यहाँ व्यवस्थापनका लागि स्वयं खटिएका देखिन्थे ।

ब्रह्माजी मूलढोकामा बसेर आउने पाहुनाहरूको स्वागत र जाने पाहुनाहरूलाई बिधाई गरिरहनुभएको थियो । लक्ष्मी, सरस्वती आदि देवीहरू भित्र बालकलाई आफ्ना आँचलमा लिएर पाइने अलौकिक आनन्दका लागि प्रतिस्पर्धा गरिरहेका थिए ।

त्यहाँ उपस्थित सबैलाई यथायोग्य अभिवादन गर्दै शनिश्चर दरबारभित्र गए । दरबारभित्र पुगी उनले भगवान् शिव र माता पार्वतीलाई बधाई दिए अनि त्यो भिडबाट पन्छिएर पर गई एउटा कुनामा मुन्टो निहु¥याएर बसे । माता पार्वतीलाई शनिश्चरको यो चाला सह्य भएन अनि भन्नु भयो, ‘होइन ए शनिश्चर, के हो तिम्रो यस्तो पारा ? बालकलाई समाउला, मुख हेरौला अनि सकेको उपहार देउला भनी सोचेको तिमी त पर कुनामा गएर घोसेमुण्टो लगाएर पो बस्यौ त, मुख हेर्नलाई उपहार केही लेराएनौ कि क्या हो ?’

माता पार्वतीका कुरा सुनी उपस्थित सबै गलल हाँसे । उता शनिश्चर भने डरले झन् घोसेमुन्टो लगाएर बसे । त्यसपछि पार्वती आपैmँ उठेर गई शनिश्चरलाई त्यसो गर्नुको कारण सोध्न लाग्नुभयो । शनिश्चरले दीनभावमा माता पार्वतीको अनुहारतिर हेर्दै भनन लागे, ‘माता मलाई क्षमा गर्नुहोस् । जुन बालकको शिर तैँले हेर्दछस् त्यो बालकको शिर छेदन भई गायब वा छिन्नभिन्न हुन्छ भन्ने वरदान मलाई प्राप्त छ त्यसैले बालकको अनुहार नहेरी यहाँ आई डराएर यसरी बसेको हुँ ।’

शनिका कुरा सुनेर माता पार्वती खित्का छाडेर हाँस्नुभयो र भननुभयो, ‘त्यो नियम अरू सामान्य जीवका लागि हो । म त जगतकी माता, मेरो सन्तानलाई तिमीले पाएको वरदानले कुनै असर गर्दैन । हिँड बालककलाई समात र आशीर्वाद देऊ’ । शनिश्चर जान मानिरहेका थिएनन् तर पार्वतीले अति नै कर गरेपछि ‘ईश्वरको जो इच्छा’ भन्दै डरले थरथर काँप्दै बालक भएका ठाउँमा गए ।

अनि शनिले शरीर पूरै पहेँलो पार्दै बिस्तार आफ्नो शिर उठाएर बालकलाई हेर्न पुगे । तत्काल बालकको शिर धडबाट अलग भयो र हरायो । बालक तेर्सो परेर खाटमा भक्लक्क ढल्यो । यो देखेर पार्वती मूच्र्छा परेर भुइँमा ढल्नुभयो । उपस्थित सबै डाँको छोडेर रुन थाले । एकैछिन अघिको रमाइलो वातावरण अब पूरै शोकको वातावरणमा परिणत भयो । सबै रोइरहेका थिए । यस्तो लाग्दथ्यो मानौँ दरबारका भित्ता, भुइँ आदि पनि यो शोकले गर्दा रोइरहेका छन् ।

अब अर्को प्रसंग

पुराणहरूमा अति चाँडै रिसाउने र खुसी तुल्याउन निकै मिहिनेत गर्नुपर्ने एक ऋषिको वर्णन पाइन्छ । उनलाई दुर्वासा भनिएको छ । उनको विषयमा लेखिएका प्रसंगहरू हेर्दा उनी त्यसबेलाका सर्वश्रेष्ठ वैज्ञानिक थिए भन्दा अत्युक्ति नहोला । यो कुरा प्रमाणित गर्न महाभारत आदिमा एउटा प्रसंग पाइन्छ । कुन्तीको विवाह हुनुभन्दा पहिले उनको सेवाबाट प्रसन्न भई उनले एउटा यन्त्र (कतै मन्त्र) दिँदै कुन्तीलाई प्रयोग गर्ने विधिसमेत सिकाइदिएका थिए ।

त्यो यन्त्र विधिपूर्वक चलाएपछि आफूले चाहेको कुनै पनि व्यक्ति वा देवता सहवास गर्न आउन बाध्य हुन्थ्यो । कुन्तीले पछि यो यन्त्र जाँच्न खोजिन् र सूर्यलाई बोलाइन् । सूर्य मानव रूप लिएर आए र अविवाहित कुन्तिसँग सहवास गरे । यसरी गरिएको सहवासबाट कर्णको जन्म भएको थियो । यस्ता ऋषि एक दिन ब्रह्माजीको सभामा गएका थिए । त्यहाँ उनलाई ब्रह्माजीले एउटा माला उपहार दिनुभयो । त्यो माला जसले लाउँदछ उसले दिव्य एवं अलौकिक शक्ति र अमरत्व (कहिल्यै मर्न नमर्ने शक्ति) पाउँदथ्यो । आपूmलाई त्यो मालाको कुनै प्रयोजन नभए पनि दिएको उपहार नलिँदा दिनेको अपमान हुने हुनाले ब्रह्माजीले दिनुभएको त्यो अद्भूत माला पाखुरामा बोकी दुर्वासा त्यहाँबाट निस्के ।

दुर्वासाले बाछामा स्वर्गका राजा इन्द्र अप्सराहरूसँग एउटा तलाउमा जलक्रिडा गरिरहेको देखे । ‘मलाई यो माला के काम बरु यिनै इन्द्रलाई दिनुपर्ला’ भनने सोची उनी त्यही तलाउतिर गए । इन्द्रले उनको खासै मानमनितो गरेनन् । ‘मदमा मात्तिएको मानिस पशुसरह हुन्छ’ भन्ने सोची आएको रिसलाई दबाउँदै ऋषिले इन्द्रलाई भने, ‘हे इन्द्र ! ब्रह्माले मलाई यो दिव्य माला दिनुभएको छ । म जस्ता ऋषिलाई यो माला काम छैन । तिमी यसलाई धारण गर’ भनी शक्ति बताउँदै इन्द्र भएतिर त्यो माला हुत्याइदिए ।

इन्द्रले त्यो माला त समाते तर तुरुन्त दुर्वासाले देख्दादेख्दै तलाउ किनारामा रहको आफ्नो वाहन हात्तीतिर फालिदिए । ऐरावत हात्तीले पनि त्यो मालालाई सुँडले उठाई नजिकै चरिरहेको एउटा छावालाई लगेर लगाइदियो । यो देखेर दुर्वासा रिसाई इन्द्रलाई शक्तिहीन हुने श्राप दिँदै त्यहाँबाट गए ।

अब प्रसंग जोडौँ

शनिश्चरका कारण शिरहीन भई लडेको बालकलाई तुरुन्त ब्युँताउनका लागि भगवान् शिवले आफ्ना अनुचरलाई आफ्नो धनु र बाण दिँदै भन्नुभयो, ‘यो हतियार लिएर उत्तरतिर जाओ र सबभन्दा पहिले जे भेट्टाउँदछौँ त्यसको टाउको काटेर जतिसकेको चाँडो लेराओ ।’ आज्ञा पाएपछि शिवका अनुचर वायु बेगले उत्तरतिर लागे । तिनले सबभन्दा पहिले त्यही हात्तीको छावालाई भेटे जुन् छावाले अलौकिक माला गलामा लगाएको थियो । अब त्यसका गलामा दीव्यमाला थिएन, लोप भइसकेको थियो । दिव्यमालाको शक्ति शरीरमा सर्ने क्रममा छावाको शिरभरी फिँजिइसकेको थियो । शिवका अनुचरले बाण हानेको समयमा मालाको दिव्यशक्ति छावाको शरीरमा सर्न खोजिरहेको थियो ।

अनुचरहरूले त्यो छावाको टाउको लिएर दौडँदै कैलाश पुगे । भगवान् शिवले बालकको धडमा त्यो लगी जोडिदिनुभयो । यसपछि बालक पुनः बिउँतियो । यसरी एउटा दिव्यशक्तिलाई गलत प्रयोग हुनबाट जोगाउन अनेक लीला रचेर उचित व्यवस्थापन गरिएको थियो । मैले यहाँहरूलाई गणेशको जन्मसम्बन्धी फरक कथा बताएँ । उनको टाउको कसरी हात्तीको नै भयो अरू जनावरको किन भएन भन्ने कुरा पनि जानकारी दिएँ । मैले जस्तै हजूरहरूले पनि दैवी पात्रलाई फरक किसिमले सोच्ने गरे केही रहस्य पक्कै फेला पर्नेछ ।

गणेश र दुबो

कौण्डिन्य ऋषिले आफ्नी पत्नी आश्रयालाई शंका गरिरहेको देखेर भन्नुभयो, ‘प्रिये ! बाहिरबाट एउटा दूबो टिपेर लिई तिमी स्वर्गका राजा इन्द्र भएका ठाउँमा जाऊ । उनले तिम्रो अभिवादन गर्नेछन् । त्यसपछि पहिले उनलाई आशीर्वाद दिनू । अनि ‘मलाई यो दूबो बराबरको सुन दिनुहोस्’ भनेर माग ।


आश्रयाले पतिको आज्ञा बमोजिम बाहिर गई एउटा दूबोको मुन्टो टिपी लिएर स्वर्गतिर गइन् । त्यहाँ पुगेपछि इन्द्रले उनको स्वागत सत्कार गरे । उनले पनि इन्द्र आदिलाई आशीर्वाद दिइन् र हातमा लिएको दूबो देखाउँदै ‘मलाई ठिक यो दूबो बराबर तौलको सुन दिनुहोस्’ भनिन् ।


इन्द्रले एउटा दूतलाई ‘यिनलाई कुबेरका आश्रममा लैजाऊ, उनले सुन दिनेछन्’ भनी खटाए । आश्रयालाई लिएर दूत कुबेरको दरबारमा पुगे र इन्द्रको सन्देश सुनाए । त्यसपछि कुबेर सोच्न लागे ‘होइन मुनि कौण्डिन्य, इन्द्र र आश्रयालाई के भएको आज ? यो दूबो बराबरको सुन कति दिनू ? त्यति सुनले के नै गर्न सकिन्छ र ?’

अनि उनले नजोखिकन केही सुन निकालेर आश्रयालाई दिन खोजे । आश्रयाले पतिको आज्ञा उल्लंघन हुन जाने डरले त्यो सुन लिन मानिनन् र दूबोसँग जोखेरै त्यति मात्र सुन लिने कुरा बताइन् । त्यसपछि तराजूको एक पल्लामा दूबो राखी सुन जोख्न सुरु गरियो । तर जति सुन हाले पनि त्यो सुन दूबोजति भएन । पल्ला फेरिए, तराजू फेरिए तर परिणाम उही भयो । आखिरमा इज्जतका लागि कुबेरले आफ्नी पत्नीलाई समेत सुन माथि बस्न लगाए, कुबेरले सहरै राखे, कुबेर आफैँ चढे तैपनि दूबोको पल्ला भारी भयो ।

यो अचम्मको कुरा इन्द्रसमक्ष पुग्यो । इन्द्र आए सबै कुरा देखेर उनी पनि तराजूको सुनपट्टिको भागमा चढे तैपनि दूबोसँग तौल बराबर भएन । हल्लिखल्ली मच्चियो । शिव र विष्णु आए, तराजूमा चढे तैपनि दूबोको पल्ला माथि आएन । आखिरमा केही नलागेपछि सबै देवता आश्रयालाई अघि लगाएर कौण्डिन्य मुनिसमक्ष गए र भने, ‘हजुरले श्रीगणेशलाई चढाउनुभएको एउटा दूबो जति पनि तीनलोक रहेनछ । हामीलाई क्षमा गर्नु हवस् ।’ श्रीगणेशलाई श्रद्धाभक्तिपूर्वक चढाइएको दूबोको तुलना अरू कुनै कुरासँग हुन सक्दैन ।

कुनै देवदेवीको व्रत बसिन्छ, पूजा आजा गरिन्छ र त्यसबाट फलको समेत आश गरिन्छ भने गरिएको कर्ममा श्रद्धा हुनुपर्दछ । श्रद्धा वृद्धिका लागि पुराणहरूमा अनेक प्रसंगका कथाहरू बताइएका हुन्छन् । मैले गणशेपुराणबाट एक कथा प्रसंग बताएँ । अन्यत्र पुराणमा गणेशलाई चढाइने दूबो सम्भव भएसम्म हरियो, पवित्र ठाउँको र नीलो हुनुपर्दछ समेत भनिएको छ । दूर्वा शब्दले सेतो दूबो, घोडे दूबो आदि अन्य दूबोलाई बुझाउँदैन । अन्य खालका दूबो नभई यत्रतत्र पाइने हरियो दूबोलाई नै गणेश पूजामा प्रयोग गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा

पुराणहरूमा कथामार्फत मानिसलाई विभिन्न किसिमका छद्म पेसाबाट जोगिन सिकाइएको हुन्छ । तर ऊ दिनभरी कथा सुन्छ र घरमा गएपछि त्यही कथाअनुसार नै ठगिन्छ । कथाको सारतिर नलागी अन्धभक्त हुँदा यस्ता घटना घटिरहने गर्दछन् ।

दश हजार वर्षको आयु दियो भने पनि कुनै पण्डितले शास्त्र पढेर सक्दैन । यसो भनिएको छ । त्यसैले कुनै एउटा शास्त्रको वचन शास्त्रसार होइन र हुन पनि सक्दैन । शास्त्रमा विज्ञानका कुरा थोरै हुन्छन् र ती कुरालाई पनि सूक्ष्म तरिकाले शब्द सञ्जालमा बेरेर राखिएको हुन्छ । त्यसैले अमुक शास्त्रका बारेमा विज्ञता हासिल गर्दैमा म सर्वज्ञ भएँ भनी ठान्नु मूर्ख हुनु हो । शास्त्रको गहिराइलाई भगवान्को कृपा नभई बुझ्न नै सकिन्न, अरूलाई बुझाउने कुरा त धेरै परका कुरा हुन् । मूर्ख समाजलाई अझ मूर्ख बनाउँदै शास्त्र बेचेर ब्यापार चलाउन चाहीँ सकिन्छ ।

काम, क्रोध, लोभ, मोह, कुनियत, रोगका महामारी, आगो लाग्नु आदि जस्ता प्रायः सबै विघ्नवाधालाई पुराणहरूमा राक्षसको संज्ञा दिइएको छ । प्रायः सबै प्रमुख देवताका कार्यमा आउने वाधारूपी राक्षसलाई श्रीगणेशबाट नाश गरिएका कथाहरू छन् । हरेक किसिमका विघ्न हटाउने हुनाले गणेशलाई विघ्नेश्वर भनिएको हो पनि भनिएको छ । श्री गणेशाय नमः ।

प्रतिक्रिया