काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए ।
पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने जानकारी उनले दिए । बैठक ११ बजे ललितपुरको बालकुमारीमा बस्ने जानकारी तुलाधरले दिए ।
पछिल्लो समय सत्ता गठबन्धनमा खटपट आइरहेका बेला नेकपा एसका शीर्ष नेताले माओवादीका शीर्ष नेतासँग संवाद गरिरहेका छन् । अहिलेको सत्ता गठबन्धनमा समस्या आए नेकपा एससहितका दललाई सरकारमा भित्र्याउन माओवादी सकारात्मक भएको बताइन्छ ।
प्रतिक्रिया