हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना

काठमाडौं । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ  ।

पर्यटकीय नगरी घान्द्रुकमा दुईदिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगर छमछम नाचेको दृश्य देखिन्छ ।

भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । नविन घर्तीमगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिङले गरेका हुन् । सार्वजनिक भिडियो गायक स्वयमकै अफिसियल च्यानल हेमन्त कान्छा रसाइलीबाट बजारमा आएको हो ।

प्रतिक्रिया