सांसद पक्राउको विरोधमा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

रुपन्देही । संघीय सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठक नागरिक उन्मुक्तिले विरोध जनाएपछि केही समयका लागि स्थगित गरिएको छ ।

बैठक सुरु हुनासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्ना सांसद पक्राउको विरोधमा आ-आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि प्रदेशसभाका सभामुख वसन्त घर्तीले बैठक स्थगित गरेका हुन् । शुक्रबार मात्रै प्रहरीले सांसद चौधरीलाई कारागार चलान गरेको थियो ।

प्रतिक्रिया