रौतहटमा छोराको कुटाइबाट बाबुको मृत्यु

चन्द्रपुर । रौतहटमा घरायसी विवादमा झगडाका क्रममा छोराको कुटाइबाट बाबुको ज्यान गएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् । घरायसी विवादमा राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए ।घटनाको थप अनुसन्धान भइरहेको र राईको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जैसवारले जानकारी दिए ।

प्रतिक्रिया